धरानमा १ करोड ८ लाखमा बन्यो झोलुङ्गे पुल मेयर साम्पाङ र मन्त्री राईले गरे उद्घाटन

धरान । सुनसरीको धरान उपमहानगरपालिका ५ स्थित अधेरी खोलामा २३३ मिटर लामो सस्पेन्डेड झोलुङ्गे पुलको समुद्घाटन गरिएको छ । आँपटार र ठिंगबारी गाउँको बिचमा रहेको सो पुलको सङ्घीय सरकार अन्तरगत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई तथा धरान उपमहानगरका मेयर हर्क साम्पाङले सामूहिक उद्घाटन गरेका हुन् । 

प्रदेश सरकारको सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन ब्रिज डिभिजनले निर्माण गरिदिएको यो पुलको भारवाहक क्षमता ७० मेट्रिक टन रहेको छ । १ करोड ८ लाख ४२ हजार ९१५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त पुल जिल्लाकै लामो झोलुङ्गे पुल भएको गरिएको वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले बताए ।

पुल निर्माण सँगै ठिंगबारी र आँपटार सिधै जोडिएर स्थानीयबासीहरुलाई धेरै सुविधा पुग्ने भएकाे छ । आँपटारका बासिन्दा रमिता राईले आफूहरू धान कुटाउन मिल जानुपर्दा, बच्चाहरूलाई बालबालिका केन्द्र पठाउँदा र वडा कार्यालय जाँदा विगतमा धेरै समस्या भोग्नुपरेको बताइन् । ‘यो पुल बनेर हामीलाई धेरै सहज भएको छ,’उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित