अमेरिका पठाइदिन्छु भनेर ११ लाख ठगी

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दैलेख घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया