इएर केयर नेपालले मनायो दशौँ वार्षिकाेत्सव

काठमाडौँ, २९ असाेज । नेपालमा बहिरोपनको समस्या बढीरहेका बेला यसको निराकरणका लागि काम गर्दै आएको गैरनाफामुलक सामाजिक संस्था हो इएर केयर नेपालले आफ्नो सक्रियता अझै बढाएको छ । जसले आइतबार आफ्नो दशौँ वार्षिक उत्सब पनि मनाएको छ । 

ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर इएर केयर नेपालले कानको सुरक्षा कसरी राख्ने भन्ने विषयमा बृहत जनचेतामुलक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा बोल्दै  इएर केयर नेपालकी संस्थापक अध्यक्ष डाक्टर मिलन मर्हजनले यो रोगको समयमा नै निराकरण गर्न नसके मानिसले कानै सुन्न नसक्ने अवस्थामा पुग्न बाध्य हुने बताइन् । उनले आफुले खाईपाई आएको आर्कषक जागिर छाडेर एयर केयर नेपालको स्थापना गर्दाका चुनौतीहरुबारे बताएकी थिइन् ।

उनले नेपालमा बहिरोपनको मुख्य कारण कान पाक्ने रोग भएको बताउँदै नेपालमा १६ वर्ष भन्दा कम उमेरका बालबालिकामा ५० प्रतिशत भन्दा बढी बहिरोपना , जनचेतना र उचित प्राथमिक उपचारद्धारा रोकथाम गर्न सकिने बताइन् । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरु रिसालले अहिलेको यो अवस्थासम्म आइपुग्न मद्धत गर्ने आफ्नो टिमको बारेमा खुलेर प्रशंसा गरेका थिए । रिसालले एयर केयर नेपालको मुख्य उदेश्य जनचेतना फैलाउनु तथा प्राथमिक शिक्षाबाट बालबालिकालाई बहिरो हुनबाट जोगाउनु भएको बताए । उनले यो संस्थाले सरकारी स्कुलका बालबालिकाहरुमा देखा परेको कानको समस्याको निराकारणका लागि एयर केयर नेपाल लागिपरिरहेको बताए । 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुद्ध धर्मालम्बी गुरु रिम्पोचे डाक्टर मिलनको संघर्षको खुलेर प्रशंसा गरेका थिए । उनले इएर केयर नेपालले आज मनाइरहेको १० वर्षे उत्सब धेरै पटक मनाएको देख्न पाइयोस् भन्दै मुक्तकण्ठले संस्थाको प्रगतीको कामना समेत गरे । त्यस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले इएर केयर नेपालजस्तो समाजका लागि लागिपर्ने र बालबालिकाको क्षेत्रमा अग्रसर संस्थालाई सरकारले हातेमाले गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । डाक्टर पोखरेलले स्वास्थ्य मन्त्रालयसँग जोडीएर यो क्षेत्रमा काम गर्न एयर केयर नेपाललाई आग्रह गर्दै अहिलेसम्म संस्थाले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए । 

यो संस्थाले सरकारी स्कुलहरुमा कान परिक्षणको स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ । जसले दुर्गम कालीकोट, मुगु हुम्ला जुम्ला, पाल्पा, काभ्रे लगायतका जिल्लाहरुमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ भने अन्य जिल्लाहरुमा पनि शिविरको तयारी गरिरहेको संस्थाकी अध्यक्ष डाक्टर मर्हजनले बताइन् । कानको जटिल समस्या भएका बालबालिकाहरुको कानको शल्यक्रिैया गरेर पुन आवाज भरिदिने काम इयर केयरले गरेको छ । यो संस्थाले अहिलेसम्म १ हजार बढी बालबालिकाहरुको कानको शल्यक्रिया गरिसकेको छ ।

कानको समस्यालाई सामान्य समस्या नठानी तेल, घर्यायसी तरल पर्दाथ राख्न नहुने कुरामा इएर केयर नेपालले सचेतना फैलाउँदै आएको छ । कानलाई सुरक्षीत राख्नका लागि कानमा फोहोर औँलाले, प्वाँख अनि कनकने जस्ता बस्तुले कोट्याउन हुँदैन । बच्चालाई कहिल्यै पनि सुतेर दुध खुवाउनु हुँदैन । पौष्टिक आहार र सफाईको ध्यान राख्नुपर्छ र समयमा सबै खोप लगाउनुपर्छ ।
 

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता