नमुना कलेजद्वारा शिक्षक शिक्षिकाहरूलाई अनुसन्धानमूलक लेख लेखन सम्बन्धी २ दिने कार्यशाला

इटहरी । इटहरी स्थित नमुना कलेजको आयोजनामा शिक्षक तथा शिक्षिकाहरूलाई दुई दिने अनुसन्धानमूलक मुलक लेख लेखन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । गोष्ठीमा कलेजका ३० जना शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए ।

विद्यार्थीहरूलाई किताबको ज्ञान सँगै अनुसन्धान एवम् खोजमूलक सामग्रीहरू कसरी तयार पार्न सकिन्छ भन्ने ज्ञान प्रदान गर्ने उद्देश्य सहित कलेजमा दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । खोज मूलक सामग्री तथा अनुसन्धानात्मक कुराहरूलाई तयार पार्दा ध्यान दिनुपर्ने मुख्य विषयहरूमा छलफल एवम् प्राक्टिकल गरिएको थियो ।

गोष्ठीलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रोफेसर डा.देवेन्द्र अधिकारी , डा.चन्द्र उपाध्याय ,र डिग्री क्याम्पस विराटनगरकी वन्दना जैनुले सहजीकरण गरेका थिए । नमुना कलेज अन्तरगत अनुसन्धान व्यवस्थापन संकायकाे आयोजनामा सम्पन्न दुई दिने गोष्ठीमा कलेजकै संस्थापक धर्म न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित