नमुना कलेजद्वारा शिक्षक शिक्षिकाहरूलाई अनुसन्धानमूलक लेख लेखन सम्बन्धी २ दिने कार्यशाला

इटहरी । इटहरी स्थित नमुना कलेजको आयोजनामा शिक्षक तथा शिक्षिकाहरूलाई दुई दिने अनुसन्धानमूलक मुलक लेख लेखन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । गोष्ठीमा कलेजका ३० जना शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए ।
विद्यार्थीहरूलाई किताबको ज्ञान सँगै अनुसन्धान एवम् खोजमूलक सामग्रीहरू कसरी तयार पार्न सकिन्छ भन्ने ज्ञान प्रदान गर्ने उद्देश्य सहित कलेजमा दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । खोज मूलक सामग्री तथा अनुसन्धानात्मक कुराहरूलाई तयार पार्दा ध्यान दिनुपर्ने मुख्य विषयहरूमा छलफल एवम् प्राक्टिकल गरिएको थियो ।
गोष्ठीलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रोफेसर डा.देवेन्द्र अधिकारी , डा.चन्द्र उपाध्याय ,र डिग्री क्याम्पस विराटनगरकी वन्दना जैनुले सहजीकरण गरेका थिए । नमुना कलेज अन्तरगत अनुसन्धान व्यवस्थापन संकायकाे आयोजनामा सम्पन्न दुई दिने गोष्ठीमा कलेजकै संस्थापक धर्म न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी
क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’काे अायाेजना गर्ने
मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स हुने

भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने

एन प्याव्सन इटहरीको विविध कार्यक्रम

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

शिक्षक महासंघका प्रतिनिधि र मन्त्रीबीच वार्ता जारी

प्रतिक्रिया