सिरहा प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना, ९४४ जना प्रहरी परिचान, ७ स्थानमा यात्रु सहायता कक्ष

सिरहा । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सिरहा प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८०’ तयार गरिएको छ । चाडपर्वको वेलामा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल घटनालाई निरुत्साहित गर्न ९४४ जना प्रहरी जनशक्ति परिचान गर्ने योजना तयार पारीएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। नजिकिँदै गरेको हिन्दु नेपालीहरुको महान चाडपर्व विजया दशमी, दीपावली तथा छठपर्वको समयमा हुनसक्ने आपराधीक तथा उच्छृङ्खल घटना निरुत्साहित गर्न ५५९ जना बाह्य सुरक्षामा र ३७७ जना रिजर्भ टोलीसहित ९४४ जना प्रहरी जनशक्ति परिचालन गरिने प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले जनाएको छ ।

प्रहरीको नियमित चेकिङ्ग नौ, छड्के ५ र ट्राफिक प्रहरीको ८ गरी जम्मा २२ चेकिङ्ग रहनेछ । सुरक्षा व्यवस्थालाई थप मजमुद बनाउन पैदल ४०, साइकल १०, मोटरसाइकल ३५, गाडी मौबाइल १२ र एसआरपी÷एलआरपी २२, सादा पोशाक ५ र क्यूआरटी ५ समूहलाई परिचालन गरिने प्रहरी प्रमुख एसपी इवा लिम्बूले बताए । साथै यस कार्यालय तथा मातहत समेतमा गरी ६९ स्थानमा पिकेट ड्यूटी परिचालन गरिने उनले बताए । 

प्रहरीले महत्वपूर्ण प्रतिष्ठान, पूर्वपश्चिम राजमार्ग, सहायक तथा हुलाकी मार्ग, बैंक तथा वित्तिय संस्था, सुच चाँदी पसलहरु लगायत मुख्य मुख्य बजारको सुरक्षा ड्यूटीमा खटाइने जिल्ला प्रहरी कार्यालयका प्रवतmा राजेन्द्र पाण्डेले जनाएको छ ।

त्यसैगरी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दशँै, तिहार र छठमा हुन सक्ने आपराधिक घटना न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने प्रवतmा पाण्डेले बताए । उनले भने, ‘चाड पर्वको वेलामा विभिन्न खालका घटनाहरु हुसक्छ, त्यस्तो वेलामा हामीले के गर्ने भन्ने विशषयमा सचेतनामूलक कार्यक्रम तथा सूचनाहरु पनि प्रसारण गरिने छौँ ।’

चाडपर्वको मौका छोपेर हुनसक्ने कालोबजारी, लागुऔषध कारोबार, सवारीसाधानमा बढी भाडा असुली, चोरी, डकैती, पाकेटमारी, अवैध मदिरा, अवैध हतियार ओसारपोसार, तस्करी रोकथापम नियन्यन्त्रण, जुवातास, पटाका ओसारपोसार, तस्करी रोकथाम नियन्त्रण गर्न अधिकतम प्रहरी परिचालन गरिने प्रहरीको भनाइ छ। सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन विशेष अधिकार प्रत्यायोजक गरी प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी जनशक्तिको चाडपर्व लक्षित विशेष सुरक्षा कार्यदल गठन गरिएको लिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सूचना संकलन तथा विश्लेषण तथा सम्प्रेशण गर्न विशेष टोलि गठन गरी शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण गरिने र अन्य सुरक्षासँग सम्वन्धित संघ संगठनहरुसँग सुरक्षा चुनौतीका बारेमा आवश्यक समन्वय र सहकार्य गर्ने प्रहरीले जनाएको छ ।

सात स्थानमा यात्रु सहायता कक्ष 

जिल्लाका मुख्य सीमानाका र बढी भिडमाड हुने स्थानहरुमा चाडपर्व लक्षित सार्वजनिक सवारी साधान तथा छिमेकी राष्ट्र भारतबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुलाई सहजिकरणको लागि ट्राफिक प्रहरीसँगको संयुक्तमा पाँच र सीमानाकामा दुई गरी ७ स्थानामा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ।

चाडपर्वमा आवतजावत गर्ने यात्रुलाई सहयोग गर्ने उदेश्यले यस जिल्लाका  पाँच स्थानमा ट्राफिक प्रहरी संयुतmको टोली र सिमानाका क्षेत्रका लागी प्रहरुमात्रको दुई स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला  प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रबिन्द्रराज पाण्डेले जनाएको छ। उनका अनुसार यस जिल्लाको सिरहा,लाहान,गोलवजार ,मिर्चैया र विष्णुपुरमा नागरिक सहायता कक्ष स्थापना गरिएको जनाइएको छ ।

चाडपर्वको समयमा दुर्घटनाको सम्भावना बढीहुने देखिएकोले सवारी चेकजाँच, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको दरभन्दा भाडा लिने, मापसे तथा लागुपदार्थ सेवनगरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्नेलगायतका क्रियाकलापलाई कडाइ गरिनेछ ।यहाँ नागरिकले आफ्ना समस्या र गुनासाहरु राख्न सक्नेछन् । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय–समयमा जनचेतना मूलक सन्देश प्रवाह गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख डम्वर पुरीले जनाइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित