बुबाको चिया पसललाई चारतारे होटल बनाउने एउटा कर्मठ छोराको कथा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hira-dai.jpg-2_3Wdo4AIjub_sbfp8b9k5ptqoi21qaztfzd2r3mkq5srbwbqxjqshvvew9g8chyye20ubwrp_ZqyQRJg3hM_0muromzaz3iyobhn9y6inrspd5lyiyyr5csgzeyrlsefigqlubu7op0hfi0o.jpg)
महोत्तरी / नरहरि गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि बसमा यात्रारत यात्रुहरुलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सबथोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटलबाट नै प्रारम्भ गर्ने निधो गरे ।
त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सबथोक मात्र बनेन गौतम होटल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्राण्ड नै बन्यो ।
हुन त हरेक सफलताको पछाडि असफलता, संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ ।
गौतमको अहिले धनुषाको लालगढस्थित करिब ५० करोड लगानीमा खुल्दै गरेको चारतारे होटलसम्मको यात्रामा आइपुग्दा यस्तै अनेकौँ कथाहरुले भरिपूर्ण छन् ।
निराशा र अनेकाँै असफलताका बाबजुत पनि निरन्तर संघर्ष र धैर्यताले सफलताको शिखरमा पु¥याएको उनको अनुभव छ । त्यसैले त उनले बुझेको जिन्दगी के हो भने सफलताको लडाईंमा संघर्ष र धैर्यता नै मुख्य अस्त्र हुन् ।
४४ वर्ष अगाडि बुबा नरहरिले संचालन गरेको सोही होटल संचालनको अभिभारा काँधमा बोकेर नयाँपनको खोजीमा दौडेका हिराले चारतारे होटलसम्म आइपुग्दा असंख्य अफ्ठ्यारा चुनौतीहरुको अनुभव संगालेका छन् ।
यही अनुभवले बनाएको परिपक्वता नै गौतम होटल राष्ट्रिय ब्राण्ड बन्यो भने चारतारे होटलको रुपमा लालगढमा अर्को विशाल गौतम होटलको जन्म भयो ।
सामान्य चिया, नास्ता बेच्ने होटल देशको नै ब्राण्ड बन्ला भन्ने बुबा स्वयंले परिकल्पना गरेका थिएनन् । ‘छोरा यति धेरै दत्तचित्त भएर लाग्ला र होटलबाट नै आफ्नो भविष्य बनाउला भन्ने सोचेको नै थिइनँ,’ बुबा नरहरिले भने, ‘मासिक मुस्किलले ५ हजार आम्दानी हुने होटलमा अहिले दैनिक नै लाखौँ आम्दानी हुन्छ ।’
गौतम होटलको चर्चा बर्दिवासको चिनारीसँग मात्र जोडिएको छैन होटलभित्रको हस्पिटालिटी र गुणस्तरीयताले बाह्य र आन्तरिक पर्यटकको आकर्षणलाई ध्यानाकर्षणसमेत गराएको छ ।
मधेश प्रदेशका महत्वपूर्ण कार्यक्रमदेखि भीआईपीहरुको रोजाई गौतम होटल नै बन्नुले पनि हिराको मेहनत र सफलतालाई संकेत गर्दछ । ‘हाम्रो होटलमा देशका शीर्षनेतादेखि पूर्व राजासम्म बास बसेका छन्,’ हिराले भने, ‘हाम्रो लागि यो पनि गौरव हो ।’
होटल व्यवसायले हिरालाई यसरी सिखरमा पु¥यायो कि विगतमा यसरी गर्न पाएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने गुनासो गर्ने ठाउँ नै रहेन, जस कारण उनलाई सधैँभरि नयाँ गर्न नै हौस्यायो ।
यसैको परिणाम स्वरूप नै चियानास्ता बेचेर सामान्य जीविकोपार्जन हुँदै आएको होटललाई ब्राण्ड बनाउनु र सुविधा सम्पन्न शाखाहरु विस्तार गर्नु आफँैमा अनुकरणीय छ ।
७ सय रुपैयाँबाट बुबा नरहरिले खोलेको होटललाई अर्बैं रुपैयाँको चारतारे होटल बनाउन हिराले गरेको अथक प्रयास, संघर्ष र मेहनतले होटलमात्र हैन बर्दिवासमा अहिले समग्र गौतम परिवार नै ब्रान्ड बनेको छ ।
सामाजिक कार्यमा आफूलाई उत्तिकै सक्रिय बनाएका हिरा नगर पर्यटन बोर्डको अध्यक्ष हुन् भने होटल तथा पर्यटन व्यवसायी मधेश प्रदेशका अध्यक्ष पनि हुन् ।
होटल हवको रुपमा विकास भइरहेको मधेश प्रदेश विशेषगरि बर्दिवासमा मात्र ५० भन्दा बढी ठूलो लगानीमा खुलेका होटलहरु छन् ।
के–के विशेषता छन् चारतारे होटलको ?
धनुषाको लालगढमा उदघाटनको तयारीमा रहेको चारतारे गौतम होटलमा अहिलेसम्म ३५ करोडभन्दा बढी खर्च गरिसकेको हिरा बताउँछन् । उनका अनुसार करिब ५० करोड लागत अनुमान गरिएको छ ।
७६ वटा कोठा, हल, मनोरञ्जनस्थल र चारतारे होटललाई चाहिने सम्पूर्ण मापदण्डमा आधारित भएर निर्माण भइरहेको उनले बताए । होटेललाई हरितमैत्री बनाउन कलकत्तावाट ल्याइएका उच्च अक्सिजन दिने बिरुवा रोपिएको छ । करिब एक बिघा क्षेत्रफलमा निर्माण भएको संरचनामा धेरैजसो हरितमैत्री बनाउने प्रयास गरिएको छ ।
दशैँपछि लगत्तै ४० वटा कोठासहित उद्घाटन गरिने र बाँकी अर्को भवनमा रहेको ३६ वटा कोठा सम्पन्न भएपछि पूर्ण संचालनमा ल्याइने होटलका व्यवस्थापक निरज सुवेदीले जानकारी दिए ।
छोराको कर्मप्रति गर्व छ : नरहरि गौतम
होटेल व्यवसायमा छोरा हिराको कर्म र लगनशीलताप्रति आफूलाई गौरवान्वित हुने बुबा हरि गौतम बताउँछन् । ‘मैले छोराप्रती गौरव गर्ने धेरै कारण छन्,’ उनले भने ‘पहिले त उ इमान्दार बन्यो ।’
३४ बर्ष अगाडि चिया पसलमा बसेर सहयोग गरेको सम्झँदै नरहरिले छोराले आफूले चलाएको होटललाई यति ठुलो बनाउला भन्ने सोचेका नै थिएनन् ।
‘ठूला–ठूला होटलमा जान्थ्यो । त्यतिवेला अलि पैसा पनि खर्च ग¥यो,’ विगत सम्झदैँ उनले भने, ‘मैले पछि पो थाहा पाएँ, त्यहाँ जानुको उद्देश्य होटल कसरी चलाउने भन्ने सिक्न पो रहेछ ।’
नरहरि पुराना राजनीतिज्ञ पनि हुन् । २०३९ साल, २०४३ सालमा तत्कालिन बर्दिवास–३ को उनी वडा अध्यक्ष समेत बने ।
२०५२ सालमा छोरा हिराले गौतम होटल नाम राखेर औपचारिक रुपमा चलाएपछि नरहरिले सन्तुष्टिको श्वास फेरेको बताउँछन ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_1pRzD0UZNu_vfywdf9t7rnz761iaxo6wbkk5jwugvuq6rpdl4dugvtdxwwtwb6ztdwniwxu.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_Jb3dGgU0SM_kkiwcvbzg0ixtwzd6k4kk6wqxr7tphd3pxtksfophkdoaueqijhykqy34jkz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_hPkoti0jWd_5aibwuqyr9yzfznhshx8cisiihstmgijmlktkfyjglq4tu73vefzhvqb2xhe.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_9D2OziwJod_fx14xgxorsczq8uernddc4lcdej5zqwnpk5mcnrhypbfl3gfszthu62rvxzf.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_SBvbSrZGEn_hp9jrwrhqdxwz5624yyye10nf4akuw90lo7lafuwerr9xzopceooukvgzz94.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया