प्रहरी दिवस : धरानमा स्ट्रिङ अप्रेसन भारतीय नोट र लागु औषध सहित दुई जना पक्राउ

धरान : विविध कार्यक्रमहरू सहित देशभर प्रहरी दिवस मनाइरहँदा सुनसरीको धरानमा भने लागु औषध विरुद्ध स्ट्रिङ अप्रेसन थालिएको छ । सोही अवसरमा प्रहरीले धरानबाट अवैध भारतीय नोट र नियन्त्रित लागु औषध सहित दुई जना युवालाई पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरीका अनुसार धरान १६ मा डेरा गरी बस्ने २२ वर्षीय शेरबहादुर सुनुवार र धरान १ का ३३ वर्षीय सुसन श्रेष्ठ पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १ बजे सुनुवारलाई पक्राउ गरेको हो ।
उनको साथबाट स्पास्पेन ३ हजार ८ सय ट्याब्लेट, ट्रामाडोल ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर १ बुलेट, नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ पनि बरामद गरेको छ। यस्तै, सुसनलाई स्पास्पेन ३ सय ट्याब्लेट र ट्रामाडोल ५ सय क्याप्सुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।

१९ वर्षमै याैनधन्दा , इटहरीमा एक किशोरी सहित दुई जना पक्राउ : उमेर हरेर ५ ह…

गरिमा बिकास बैकले दियो इटहरी ट्राफिकलाई डिजिटल बोर्ड

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

धरानमा १ करोड ८ लाखमा बन्यो झोलुङ्गे पुल मेयर साम्पाङ र मन्त्री राईले गरे उद्घ…

सिटिजन लाईफ ईन्सुरेन्स तरहरा शाखाद्वारा डेङ्गबाट मृतककाे दावि भुक्तानी प्रदान

इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु

इटहरी क्षेत्रका विद्यालयमा पकाएरै खुवाउनुपर्ने , मासु सहितको मिन्यु सार्वजनिक

प्रतिक्रिया