क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’काे अायाेजना गर्ने

काठमाडाैं / असोज २२ र २४ गते क्याम्ब्रिजले उच्च शिक्षाका लागि क्यानडा, युके र अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर ‘क्याम्ब्रिज स्कलरसिप डे’ गर्ने भएको छ । काठमाडौं । डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय क्याम्ब्रिजले उच्च शिक्षाका लागि क्यानडा, युके र अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर ‘क्याम्ब्रिज स्कलरसिप डे’ गर्ने भएको छ ।

'क्याम्ब्रिजले बनेपा शाखा कार्यालय र मुख्य कार्यालय बागबजारमा स्कलरसिप डे गर्न लागेको हो । असोज २२ र २४ गते (अक्टोवर ९ मा बनेपा र अक्टोबर ११ मा बागबजार कार्यालय) हुने कार्यक्रममा क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको उपस्थितिमा विद्यार्थीलाई करियर काउन्सेलिङ गरिने क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले जानकारी दिए । ‘उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीहरुलाई क्यानडा, यूके र अस्ट्रेलियाका १५ भन्दा बढी कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुबाटै काउन्सेलिङ गर्न लागिएको हो । स्कलरसिप डे मा विद्यार्थीहरुलाई कुन देश जान आइएलटिएस गर्नुपर्छ, कुन देश जान पिटिई गर्नुपर्छ भन्नेसमेत जानकारी दिन्छौं ।’

कार्यक्रमबाट विद्यार्थी तथा अभिभावकहरुले अर्बोड स्टडीका विविध विषयमा जानकारी पाउनुका साथै विश्वविद्यालयको छात्रवृत्ति, भर्ना प्रक्रिया, भिसा प्रक्रियाका बारेमा जानकारी पाउने भन्दै सिंखडाले भने । कक्षा १२ पास गरि उच्च शिक्षाकालागि विदेश जान खोजिरहेका विद्यार्थीलाई उनिहरुको शैक्षिक, आर्थिक योग्यता हेरेर करियर काउन्सिल गर्न क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधि बोलाईएको हो । कार्यक्रममा क्यानडाको डरहम कलेज, युनिभर्सिटी वेस्ट क्यानडा, कन्फेडेरेसन कलेज, क्याम्ब्रेन कलेजका आधिकारिक प्रतिनिधिहरुले काउन्सेलिङ गर्नेछन् ।

त्यस्तैगरी, यूकेको कभेन्ट्री युनिभर्सिटी, युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड, युनिभर्सिटी अफ चेस्टर, युनिभर्सिटी अफ ग्रिनविच, लण्डन मेट्रोपोलिटेन्ट युनिभर्सिटीका प्रतिनिधिहरुले काउन्सेलिङ गर्नेछन् । भने, अस्ट्रेलियाका युनिभर्सिटी अस्ट्रेलिया, चाल्र्स डार्विन युनिभर्सिटी, फ्लिन्डर्स युनिभर्सिटी, द होटल स्कुल, कपलान विजनेश स्कुलका प्रतिनिधिहरुले काउन्सेलिङ गर्ने क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडाले जानकारी दिए । स्कलरसिप डेमा विद्यार्थीहरुले उल्लेखित देशका कलेज तथा विश्वविद्यालयले प्रदान छात्रवृत्ति, भर्ना हुनलागि चाहिने आवश्यक शैक्षिक, आर्थिक योग्यता तथा भाषा परीक्षाका बारेमा जानकारीहरु प्राप्त गर्न सक्छन् । यसका अलावा राम्रो शैक्षिक, आर्थिक योग्यता भएका विद्यार्थीहरुलाई कलेजकै आधिकारिक प्रतिनिधिहरुबाट अन द स्पोट अफर लेटर समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित