मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स हुने

इटहरी / मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स २०२३ हुने भएको छ । मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेशनल कलेजमा आगामी असोज २५ र २६ गते सो कार्यक्रम सञ्चालन हुने भएको हो । कार्यक्रममा कोसी प्रदेशका ११ , मधेस प्रदेश १, बागमती प्रदेशका ७, गण्डकी प्रदेशको १ गरी देशभरका २० वटा कलेजको स्नातक तह व्यवस्थापन संकाय का १०० जना विद्यार्थीहरूले सहभागिता जनाउने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

प्रत्येक कलेजका ५ जनाको दरले सहभागिता रहने पत्रकार सम्मेलनमा जनाइएको छ । कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस , काठमाडाैं यूनिभरसिटी स्कुल अफ म्यानेजमेन्ट, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, द ब्रिटिस कलेज, इन्फरमेटिकस कलेज पोखरा, वीरगन्ज पब्लिक कलेज, इस्लिङ्टन कलेज, हेराल्ड कलेज , बालकुमारी कलेज, सुश्मा गाेदावारी कलेज, विश्व आदर्श कलेजको सहभागिता रहने छ ।

त्यस्तै सहभागी कलेजहरूमा महेन्द्र बहुमुखी क्याम्पस धरान, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, सुकुना बहुमुखी क्याम्पस, जेनिथ क्याम्पस, जनता बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस लगायतहरूकाे सहभागिसता रहने इटहरी इन्टरनेशनल कलेजका सिइअाे सत्यव्रत कोइरालाले बताए । यस प्रकारका कार्यक्रमहरू राजधानी केन्द्रित हुने गरेकोमा कलेजले मोफसलबाट केही गराैं भन्ने उद्देश्य अनुरूप पूर्वमा पहिलोपल्ट आयोजना गरिएको समेत बताए ।

यस प्रकारका कार्यक्रमले विध्यार्थीहरूकाे क्षमता विकासमा उल्लेखनीय उपलब्धि हाँसिल गर्ने बताए । २ दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा पहिलो दिन २५ गते चार वटा विधा मार्केटिङ माभेन, फाइनान्सेयल फिट, लिगल सिम्फाेजियम, सिइअाे क्राेनिकल्स् कार्यक्रमहरू रहेका छन् । त्यस्तै दोस्रो दिन २६ गते मुख्य विधा इनाेभेक्स् लगायत पुरस्कार वितरण तथा कार्यक्रम समापन गरिने आयोजक इटहरी इन्टरनेशनल कलेजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित