निजगढमा ट्रायलमा निस्केको मोटरसाइकल दुर्घटना, एकको मृत्यु
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बारा । बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यसरी मत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् । निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका- ३ जुगवाका चौधरीको घटनास्थल मै मृत्यु भएको हो ।
बसले ठक्कर दिए पछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ-रिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिए पछि अनियन्त्रित भएको उक्त इ-रिक्सा प्र २-०३-००१ ह १०६६ नम्बरको अटोसँग ठोक्किएको थियो।
रिक्साको ठक्करबाट अटो चालक निजगढ-१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक सिरहा-१२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
![त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय](https://snowberry.prixacdn.net/media/gallery_folder/kailali-duba_xhihOklnKT_lhlle3zpcsxknrzlyyl2lrpmeat4vflz3oausfcj5xyykaaruwefjdbl3fva_jVvYhnnETt_hgtuvmbqtptx2htxtguupngotilstdi6fqp0wffmh0g32askja1syzpiblvg.jpg)
त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय
![कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार
![कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Duban-Ghar_R73u3bvQKs_yr9hlkscgh07dkrncm07bxqoivlp5ldsnycmkuukaok3vepgcu3ihwj25jx2_W9mXDgI9OH_bkbinmnbqtqjmk9wsvbixp11lgk2zqilvtjkgwpducdwcqinbsguj3ochzkd.jpg)
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
![विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस सक्रिय](https://snowberry.prixacdn.net/media/gallery_folder/madesh_Mx_06SHEXpMGw_veabjdqvgbzemtyemen9ug52bk3zobkvvlvuovx1zmbcpw7pei7vjr2fsjqj_9qL0DAdhyq_tholbr3uppgubgwdauisdxj8cmnzpganncubhz4azxvav4pqjtzrycvxhkf3.jpg)
विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार ब…
![महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका
![पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/hat_cIXBuGTXZV_yiqytfnnluvvuzjv6e39zyuw8g8rljh734or5kkla7qv2fjasxqcxxueylzo_ZpL1fqdw9Y_crg0bmpelszzip24wxgmjpl7vtxelfyaa8zrkvlku7sbgqhs7rfn8r24kyzi.jpg)
पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ
![क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp_pcgWfvrqDX_cd28niyvepi3kh3kuo4mjxvj9cvbsivkfgya7ww5f9mmprbl30a5zhmrsfsy_cyH4UL7y7B_ivgd6vf7rsy1t2uvedc60et9xkjtjtbrzempchahasvjjhc6gxtquz3sh15q.jpeg)
क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ
![सर्लाहीमा घाँस काट्न निस्केकी महिलाको हत्या, खेतमा भेटियो शव](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanusa_cRFmcmvxmu_hgyltzkatwzbf0qn1lyqrfkwdxgsom6bzpebdglg59c2173xkmjpw04676uf_mVEfB5zPAI_uwj7gsbj2cu554p50or1gdoeknq8ltziptnlm4ks0xxhwm8tiisxexlgqips.jpg)
प्रतिक्रिया