वीरगञ्जमा आफ्नै घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला

वीरगञ्ज । धारिलो हतियार प्रहार गरेको अवस्थामा आज वीरगञ्जमा एक महिलाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने पुनम देवीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। पुनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए।
घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनास्थलमा तालिमप्राप्त कुकुर पनि अनुसन्धानको लागि मगाइएको थियो। घरमा एक्लै बस्दै आएकी मृतकका श्रीमान् कामको शिलशिलामा र छोरा अध्यनको लागि भारतमा बस्दै आएका छन्।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया