शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्

मुम्बइ । बलिउडका बादशाह शाहरुख खानका फ्यानहरुलाई उनको बारेमा हरेक सानो कुरा थाहा छ । तर के तपाईलाई थाहा छ, रातको २ बजे अन्तिम उनी कससँग फोनमा कुरा गर्छन ?
शाहरुख खान विगत धेरै वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । कलाकारले आफ्नो रोमान्टिक स्टाइलले मात्र नभई आफ्नो एक्सनले पनि दर्शकलाई पागल बनाएका छन् । यतिबेला उनी आफ्नो फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन् । फिल्मले केही दिनमै ५ सय करोडभन्दा बढीको कमाई गरिसकेको छ । तर यसैबीच हामी तपाईलाई उनको व्यक्तिगत जीवनसँग जोडिएको एउटा रोचक कुरा बताउन गइरहेका छौँ । जुन सायद कसैलाई थाहा नहुन सक्छ ।
वास्तवमा आज हामी तपाईलाई बताउन गइरहेका छौँ कि शाहरुख खान राती २ बजे घण्टौंसम्म काेहीसँग कुरा गर्छन् । यसको खुलासा शाहरुख आफैले एक रेडियो कार्यक्रमबाट गरेका थिए । राती २ बजेको शोमा जब कलाकारलाई उनको पार्टनर को हो ? भनेर सोधिएकाे थियाे । राति निकै कम निन्द्रा लाग्ने बताएका अभिनेताले यस्तो अवस्थामा धेरैजसो मानिसहरू राती फोनमा कुरा गर्छन् र उनीहरूसँग धेरै रात्री साथीहरू हुन्छन्।
तर राति २ बजे उनले छोरी सुहाना खानसँग कुरा गर्छन् किनभने उनी बाहिर पढ्छिन् । 'त्यसैले मेरो लागि उनीसँग कुरा गर्ने सही समय यही हो किनभने त्यसबेला उनी पनि आफ्नो काम सकेर स्वतन्त्र हुन्छिन् । त्यसैले म हरेक रात सुहानासँग कुरा गर्छु।'
यसका साथै अभिनेताले आफू दिउँसो २ बजेदेखि राति ७ बजेसम्म फोनमा रहने पनि बताएका छन् । 'पहिले सुहानासँग कुरा गर्छु, त्यसपछि बिहान आफ्नो जेठो छोरा आर्यन खानसँग कुरा गर्छन किनभने उनी पनि बाहिर नै बस्छन् । त्यसैले यो समय कुराकानीका लागि उपयुक्त हुन्छ।'
वर्क फ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान हालै फिल्म ‘जवान’ मा देखिएका थिए । अब अभिनेता खान छिट्टै ‘डिंकी’ मा देखिदैछन् । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।

'एनिमल'को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेवाट शाे शु…

क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

सलमानको टाइगर ३ ले गरेन अपेक्षित ब्यापार

‘टाइगर ३’ को फस्ट लुक पोस्टर सार्वजनिक, सलमान- कट्रिना ड्यासिङ अवतारमा

धमेन्द्रसँग अलग्गै बस्छिन हेमा मालिनी, भन्छिन, 'नारीबादी हुन खोजेको होइन'

अन्ततः बलिउड चलचित्र आदिपुरुषका लेखकले माफी मागे

हलिउड एक्कटरकाे ५६ वर्षको उमेरमा बिकिनी फोटोसुट, देखेर फ्यानहरू हैरान

प्रतिक्रिया