बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो

पोखरा / बिगत १८ महिना देखी हराएका एक बृद्दको शव फेला परेको छ । माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो ।
हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखे पछि धम्पुस प्रहरी चौकीलाइ खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।
मृतकको छोरा हितमान बिकले हिजाे साँझ सनाखत गरे पछि उनकाे पहिचान भएकाे थियाे । १८ महिना अघि बेपत्ता भएका ब्यक्ति मृत फेला परे पछि प्रहरी थप अनुसन्धान सुरू गरेको छ ।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया