भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/NEC_building.jpg-3_TlZ3vUdnT9_ynsinugsdwoi9eko67lghtew90gxmx8ysdxesmy32xaz7jrrfmh1sdgcjirb_hBkPOsZaY1_ncbiyy2i8supavxsbzxisaharaoxlogfyyeropufyrxhdvkypkujbzdehtxb.jpg)
भक्तपुर / भक्तपुरमा नेक इन्जेनियम २०२३ प्रदर्शनी हुने भएको छ । भक्तपुरको दुवाकोट चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेज नेकले असोज १८ गते बिहीबार (अक्टोबर ५, २०२३) मा भव्य प्रदर्शनी गर्न लागेको हो ।
प्रदर्शनी संयोजक एवं कलेजका एसोसिएट प्रोफेसर विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता र पुरस्कार वितरण समारोहसमेत हुने जनाए ।
उनका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट प्रतियोगिता, ओपन प्रोजेक्ट प्रतियोगिता, पोस्टर डिस्प्ले प्रतियोगिता, रोबोटिक्स प्रतियोगिता, पेपर ब्रिज डिजाइन प्रतियोगिता, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्ससहित विभिन्न प्रकारका प्रतियोगिताहरू हुने छन् । दस जोड दुईका विद्यार्थीहरूको लागि परियोजना प्रतियोगितासमेत हुने उनले जनाए ।
यस कार्यक्रमलाई अझ रोमाञ्चक बनाउन विजेताहरूको लागि पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । असाधारण प्रतिभा र रचनात्मकता प्रदर्शन गर्नेहरूलाई भव्य पुरस्कारहरूको व्यवस्था रहेको उनको भनाई थियो ।
प्रदर्शनीमा समावेशी प्लेटफर्म पनि हुने जनाइएको छ । यस अन्तर्गत सात विधाहरू नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि मात्र हुने र उनीहरूले समावेशीतालाई बढावा दिन र युवा दिमागलाई विज्ञान र नवप्रवर्तनको संसार अन्वेषण गर्न प्रोत्साहित गर्दै दस जोड दुईका विद्यार्थीहरूका लागि खुला विज्ञान परियोजना प्रतियोगिता हुने जनाइएको छ ।
‘यो प्रदर्शनी प्रतिभा प्रस्फुटन मात्र होइन; यो इन्जिनियरहरू, आविष्कारकहरू र समस्या समाधानकर्ताहरूको भावी पुस्तालाई उनीहरूको कडा परिश्रमको इनाम दिँदै प्रेरणा दिनेबारे हो, प्रदर्शनी संयोजक श्रेष्ठले थपे, चाहे तपाईं विद्यार्थी, शिक्षक वा प्राविधिक नै किन नहोस् सवैका लागि नेटवर्किङका अवसरहरू र अत्याधुनिक परियोजनाहरू र डिजाइनहरू हेर्ने मौकाले भरिएको हुने हामी प्रतिज्ञा गर्दछौ ।’
प्रदर्शनीमा सामेल भई भव्य पुरस्कार जित्ने र युवा दिमागको अविश्वसनीय क्षमताको साक्षी बन्न नछुटाउन आयोजकले आग्रह गरेको छ । यो असाधारण प्रतिभालाई पुरस्कृत गर्दै नवीनता र उत्कृष्टता मनाउने कार्यक्रमको हिस्सा बन्ने अनुपम अवसर हो, उनको भनाई छ । प्रदर्शनी विशेषतासहितको नवप्रवर्तन, प्रतिभा र सहकार्यको उत्सव हुने विश्वास आयोजकको हो “विचारलाई यथार्थमा रूपान्तरण गर्दै“ भन्ने नाराका साथ प्रदर्शनी र प्रतियोगिताहरू हुन लागेको जनाएको छ ।
नेपालभरका कलेज र संस्थाहरूका विद्यार्थी, शिक्षक र प्राविधिक उत्साहीहरूलाई आयोजक नेपाल इन्जिनियरिङ कलेजमा प्रेरणा र आविष्कारको दिनमा सामेल हुन हार्दिक निमन्त्रणा गरेको छ । प्रदर्शनीका लागि प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल इको प्यानललगायतको प्रायोजन रहेको जनाइएको छ ।
नवप्रवर्तन र शिक्षालाई बढावा दिन प्रायोजकहरुको प्रतिबद्धताले प्रदर्शनीलाई समृद्ध बनाउने र उनीहरूले विजेताहरूलाई दिइने भव्य पुरस्कारहरूमा पनि योगदान पु¥याउने विश्वास आयोजकको छ ।
आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार
![एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC-line_dAfix3ocCK_ljd5j8kpmrpig6xlekyts5274zeseojv9jxux2rjrarch9sm78vg8jl43dso_0N6s2TV2jX_2ob30zg8agyd4h6e1pgfdmb9ohpaboucrnggbwrxomvdqohokpof0fobgqmx.jpg)
एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी
![सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/katahariya.jpg-1_ARG6TXd80v_b87jgmadwnvsh7t1b36yg7inc7wtmfdayl1q1hmrnjgx4bvelefprg2ilqco_psXVedXuzO_axnlu7vgtiqxz4pfvkwlpdicimivk5n9djlna3obk9e6pn7wvh6kisgkczo3.jpg)
सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी
![बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्किने आश थिएन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bangaladesh-nepali%2520student_BUwC4vxr4M_jtmq4wevrlu4odlgk3dww6ktan4vupllxxr05hslbj2r7ioffbui5ogix43v_NXh0VuYyp3_hiv2ipy7ifqlpb9yttkh7pybmdxjxa9bdd0zv5uxpeczcaa642pkybexq0in.jpg)
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्कि…
![अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/61175_n_ACSPi3k2pJ_urw9xjff4rkhax5snyipgi0otaeajbk2q86wyepceyqiyoymzsnwumwqspan_74tSt2llv9_1bod62ovbit9eeho47vf5pztmh2wfvj8xcdro8nmwbixnrm3h2w0degiw10d.jpg)
अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई…
![विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuna_UUzb9VCyAM_tzvajaxgo2cvqzkbo8y7916abr7vsbuuluqtaofn6pphgk5odyskfk7ryb3o_exMfh0Hf0I_anmfefsfjavmidetrbrktllqyrnpjvtsaunnu4exv6optg5uxzwttninzhvx.jpg)
विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण …
![काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-5229-feed.jpg_WPY5tAifJV_zafaslb9qoorgmdhdpydlytvzzqtolvgfkhkgdixuoznhan8qnov3q7ido8e_EtZ6BgJpUp_k4uibsblxlztkujzdkuxmur0t534x0raam13pztjlsvh9dscozlwzizotdce.jpg)
प्रतिक्रिया