अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। अभिनेता अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले केसीलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

केसीलाई शुक्रबार पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालतमा उपस्थित गराइएको हो। तीन दिन म्याद पाएकाले केसीलाई सोमबार पुन : अदालतमा उपस्थित गराउनुपर्नेछ।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध 'रावायण'का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए। 
 

प्रतिक्रिया

सम्बन्धित