किड्स आइकन इटहरी सम्पन्न : अबिसा र सुभम बने विजेता
इटहरी / सुनसरीको इटहरीस्थित नागी डान्स सेन्टरले आयोजना गरेको किड्स आइकन इटहरी २०८० भव्यताका साथ सम्पन्न भएको छ । इटहरीको प्रिमियर ग्लोबल स्कुलकाे सभा हलमा सम्पन्न कार्यक्रममा २६ विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । उक्त विद्यालयहरूमध्येबाट ८ वटा विद्यालयका विद्यार्थीहरू फाइनलमा प्रवेश गरेका थिए । प्रतिस्पर्धाबाट छात्रा तर्फ गार्डेन एकेडेमीकी अबिसा थापा विजेता बनिन भने , छात्र तर्फ अक्सवृज इन्टरनेश्ल मन्टेस्वरी स्कुलका सुभम श्रेष्ठ विजेता बने ।
त्यस्तै ग्रिन पिस एकेडेमीकी समिरा गदाइली उपविजेता बनिन र छात्र तर्फ एसअाेएस हर्मन माइनर सेकेन्डरी स्कुलका क्रिस्टल प्रसाईँ बने । त्यसैगरी तेस्रो स्थानमा इटहरी मोडल सेकेन्डरी स्कुलकी सेराेन तामाङ र छात्र तर्फ पशुपति इङ्लिस स्कुलका आकर्षक थापा बने ।
त्यस्तै ग्रिन पिस एकेडेमीकी दृष्टि श्रेष्ठ र छात्र तर्फ कोसी सेन्ट जेम्स स्कुलका रिदम खडका चौथो स्थानमा परे । प्रतियोगिताको पाँचाै स्थानमा भने कोसी सेन्ट जेम्सकी राेनीसा लिम्बु परे भने छात्र तर्फ इटहरी मोडल सेकेन्डरी स्कुलका युरेस निरौला परे । प्रतियोगिताबाट प्रथम , दोस्रो र तेस्रो भएकाहरूलाई क्रमशः रु १५हजार , रु१०हजार र रु५ हजार रकम प्रदान गरिनुका साथै नागी डान्स सेन्टरबाट निःशुल्क डान्स कोर्स प्रदान गरिएको छ । उक्त प्रतियोगिताको निर्णायक मन्डलरूमा मेरिना लिम्बु , जाेसन श्रेष्ठ , श्वेता भुजेल रहेका थिए ।
कार्यक्रम दिपा राईको सभाध्यक्ष र प्याव्सन कोसी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अभिभावक तथा विशिष्ट अतिथिहरूलाई मनोरञ्जन दिलाउन नागी डान्स सेन्टरले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरेको थियो ।

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_EWTD7pukgY_eocwdzbj90txwe5gdwjgwcqkoq7l0znssvdtey1a95rl2zyzug2poqyz82qq.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

'भगवान् दादा' बनेका अर्पण थापा

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

'पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

प्रतिक्रिया