पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

 काठमाडौं / सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।

सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो ।

प्रतिक्रिया

सम्बन्धित