एन प्याव्सन इटहरीको विविध कार्यक्रम

इटहरी । सुनसरीको इटहरीस्थित एन प्याव्सन नगर कमिटीले विद्यार्थीहरूमाझ लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले बिविध कार्यक्रमहरू सम्पन्न गरेको छ । एन प्याव्सन इटहरी नगर कमिटीका अध्यक्ष पुष्प अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एक दर्जन बढी निजी विद्यालयका बिद्यार्थीहरूकाे सहभागिता रहेको थियो ।

विद्यार्थीहरू बिच स्पेलिङ कन्टेस्ट , हेन्डराइटिङ कम्पिडिसन , देश विकासमा युवाहरूको भूमिका शीर्षक अन्तरगत वक्तृत्व कला लगायत विविध कार्यक्रमहरू गरिएको थियो । सम्पन्न कार्यक्रमहरूबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रम इटहरी २० तरहराको ज्ञान दर्पण एकेडेमी स्कुलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित