राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

वीरगञ्ज । राप्रपा नेपालले असोज १४ गते आइतबार पर्साको वीरगञ्ज सभा गर्ने भएको छ । घन्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।
‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उनले भने । राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ । सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

प्रतिक्रिया