झापा दमकमा छुरा प्रहारबाट लिम्बूको मृत्यु

झापा / झापाको दमकमा एक व्यक्तिको छुरा प्रहारबाट मृत्यु भएको छ।  इलामको चुलाचुलीमा ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे।

 विहान ४ वजेको समयमा दमक नगरपालिका १ स्थित कुमाल चौकमा भएको घटनामा दमक ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूको घाँटी र पाखुरामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि दमक अस्पताल पुगेको थियो जसमा उनको मृत्यु भएको थियो। प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिएका छन्।

घटनामा सम्लग्न ब्यक्ति छुरा लिएर फरार भएका छन् र प्रहरीले उनको खोजी गरेको छ। घटनाका विषयमा थप अनुसन्धान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित