१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौ / नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

सुनको भाउ ओरालोमा, दुई दिनमै ३२०० रुपैयाँले घट्यो

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

सेयर बजार दोहोरो अंकले ओरालो

२ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरूद्वारा “दसैँमा १० गुणा”विजेताको नाम सार्वजनिक

प्रतिक्रिया