एनआरएनए उपाध्यक्ष आरके शर्मा अध्यक्षमा उठने, ‘२४ महिना २४ बाचा’ सार्बजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/384286900_625577003097685_7576757912054726485_n.jpg_EInxCHMl1u_twpnwztwqqzamkehabmhzuhibtdxu3owd4e6kzwxlq3p3wrdsy00lsekkgrz_oZeijsfEqy_ufj7vrfjmgza17uikfwliuokerwro9bm0asjgiz8dbefd2aqdupdov7ebua1.jpg)
कतार / गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
मध्यपुर्वका एनआरएनएका प्रतिनिधिहरुबीच शर्माले बुधबार कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे ।
संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्ने उनले दाबी गरे ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, “मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइ सकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।”
“अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ,” उनले थप जोड दिंदै भने, “मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।” आफुले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे ।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको उनले जिकिर गरे ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरेका छन् । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।
नेपालको बाग्लुङ जिल्लामा २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए । कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टको रुपमा जागिर सुरु गरे । हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_rJXHpIYj9f_ujfoijp5rjlmrhye7voxp5mf9itoply9fqr20tqybp2ykdqztj2brmuckbqv.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_3qorUgdBqK_9xkeyyun7mqa9jx8wz5qf3fkplojsagyykg3asxxjkiag4oywytw0rlaqtmy.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_Lv1AxG3Oyo_ep06gpesa5hmcmjqaew6tmpgllw72yjrpjuuxjmqxg3eikodqmyfbtzjm3k8.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_hG3YNdIxh2_rd8dtpdt1tvawtd2vvwalrfciu3trktnfypmtt58hhukynofyjodh9btrbcf.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_xAt1Nu00v8_rsfxtjpspqu0pbfpyuaxvi9p2mmyyj90eij9h6zcv4s0qyfcxpwqontinvyt.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_vCk7Q8ii4M_xqiuysiqz5m5gseariuveumpwicbcuh83izenrrftpltm3mbbwlvzmhvgpyv.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_ybssFfz3N2_8nzcmy6kjrilugvglid29wz28zx9xidbsmvlbxrew4jdqpa6ut0huy0bosco.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_ByJq8BrqhX_qxtuakf2vgdz3hyxnt2gbhxmqryw59yknqyv8q5atabwiiotd3cqjxg5n0bg.jpg)
प्रतिक्रिया