गृह मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ

काठमाडौं । गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू माथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषिमाथी कारबाही गरिने बताएको हो।
हिजो गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले स्वास्थ्कर्मीहरुमाथि आक्रमण गर्नेहरूलाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ। प्रकारका विरोधका कार्यक्रमहरू अन्त्य गरी आफ्नो जिम्मेवारी कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ।

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

धनकुटामा प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडी दुर्घटना

प्रहरी कप: नक्साल हेडक्वाटरलाईृ हराउँदै पोखरा प्रहरी बिजयी

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

ओलीले डोटीमा भने, 'प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्'

खाँड छुटने कि नछुटने केही बेरमा फैसाला आउँदै

प्रतिक्रिया