उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं / चिकित्सकहरुले शान्तिसुरक्षाको माग राखेर थालेको आन्दोलन बुधबार पनि जारी राखेका छन् । उपचारका क्रममा लापरबाही गरेको भन्दै चिकित्सकमाथि कुटपिटका घटना हुन थालेपछि आकस्मिकबाहेकका सेवा रोकेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 

चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आग्रह गरेका छन् । बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने भन्दै काममा फर्किन आग्रह गरेका हुन् । 

चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका उनले चिकित्सकको सुरक्षाको विषयमाम गृहमन्त्रालयसँग कुरा भइसकेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित