घट्यो सुनचाँदीको मूल्य

काठमाडौ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।
सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबारमा आएको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

सुनको भाउ ओरालोमा, दुई दिनमै ३२०० रुपैयाँले घट्यो

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

सेयर बजार दोहोरो अंकले ओरालो

२ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरूद्वारा “दसैँमा १० गुणा”विजेताको नाम सार्वजनिक

प्रतिक्रिया