बुद्ध धर्मका विख्यात गुरूद्वारा काठमाडौंमा महाभिषेक गरिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-1155_PCWC6igHZk_q6mtbkcuptdqde0kex1urcemt2pb6yqk18vgble2xwuew7utkmqe6vnejvjq_kdP3RWiXFD_rq5ipbqfhnuv1tjvsrfxnojfqdz98igoy5fsj95vcsp0fbw51z7ms5ziej3f.jpg)
काठमाडौं । बौद्ध धर्मका विख्यात गुरू ४१ औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । आगामी असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको हो ।
संघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्वजगत र प्राणीमा सद्भाव बढाउने बताए । उनले भने, ‘विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक उर्जा र सद्भाव प्रवाह गर्न महाभिषेक गर्न लागेका हौँ ।’ उनले करूणााका प्रतिमूर्ति मानिने ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेद्वारा प्रदान गरिने महाभिषेकले सम्पूर्ण मानव समुदायलाई सकारात्मक प्रेरणा दिने बताए ।
सोही संघका धर्मधर नारायण प्रसाद रिजालले हिंसा, युद्ध, शक्तिको होडबाजीजस्ता मानव सिर्जित समस्याले आक्रान्त रहेको समस्या यस्ता गतिविधीले शान्तिको मार्ग देखाउने बताए । ‘साधनाका लागि काठमाडौँको आफ्नै महत्व छ । यो धार्मिक रुपमा पवित्र स्थल हुनुका साथै साधनाका लागि उपयुक्त छ । गुरूलाई विशेष आग्रह गरिएकोले उहाँले यो समयमा यहाँ महाभिषेक गर्न तयार हुनुभयो । यो कार्यक्रम सबैका लागि खुल्ला छ, सहभागी हुन सक्नुहुनेछ ।’
इन्टरनेशनल बुद्धिस्ट एकेडेमीका अध्यक्ष खेन्पो जोर्डनले साक्या परम्परा र गुरूको बारेमा जानकारी दिए । उनले गुरू साक्या समुदायको ४१ औँ सिद्ध र सुयोग्य रहेकाले उनीद्वारा हुने महाभिषेकमा सहभागी हुनु आफैँमा सूवर्ण अवसर रहेको बताए । ‘धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको काठमाडौँमा गरिएका प्रार्थनाले पछिल्ला विपत्तीबाट हामीलाई बचाएको जस्तो लाग्छ । यो महाभिषेकले सद्भाव बढाउँदै शान्ति कायम गर्न प्रेरित गर्छ’, उनले भने ।
विभेद, वैमनस्य र विश्वासको संकट गहिरो बन्दै गइरहेको सन्दर्भमा चारै बौद्ध सम्प्रदायबाट सम्मानित, धेरै मण्डलहरुको सिद्धि गरिसकेका महामण्डलाधिपति महान् गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने महाअभिषेक सम्पूर्ण मानव जातिमा शान्ति, परस्पर सद्भाव र मैत्रीको सञ्चार गर्ने पवित्र उद्देश्यले गर्न लागिएको हो ।
नेपालमा परापूर्वकालदेखि समग्र हिमाली क्षेत्रका साथै नेपालमण्डल, पहाड र तराई क्षेत्रमा पनि आर्य अवलोकितेश्वरको विशेष कृपा भएको कुरा यहाँका रीति, रिवाज, जात्रा, परम्परा आदि धेरै सांस्कृतिक पक्षहरूमा प्रतिविम्बित रहेको छ । चीन र भोटक्षेत्रका धेरै पूर्वगुरुहरुले पनि नेपालमा रहेर बुद्धका शिक्षा र बज्रयानका उपदेशहरुलाई सिक्ने र यहाँबाटै भारत, श्रीलङ्का, म्यान्मार, क्याम्बोडिया, लाओस्, इण्डोनेशिया आदि मुलुकमा बिस्तार गरेका थिए । त्यसैले नेपाली भूमिमा रहेर सद्धर्मको श्रवण, अध्ययन या चिन्ततन–मनन र अभ्यास गर्नु सबैका लागि प्रेरणास्पद हुने उद्देश्यका साथ महाअभिषेक आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएकाे छ । यस महाभिषेकमा हजारौं सर्वसाधारणको उपस्थिति हुने र नेपालबाहिरका बौद्ध पथमार्गीहरुको समेत सहभागिता हुने आयोजकको अपेक्षा छ ।
![आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_BYGaC4uDjR_xdl47cl42rvigj7l6lwrszkouylg3vyqfi3aifa0h7nw3juin44se4sey9gi_xjiKrZUciW_ouklkqkolygx79yij0frodnszoebamx5x7ulcxkrren5gvlz33vzthvbbnu5.jpg)
आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_WTxo6kahiQ_ssqasu9g5ivqguvacklf4fpd4g7obdiide6ara9shkweka0riyd5nsilqbyq.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृ…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_USA3qprwK6_tclviykfwp5ynogtfld0yf6abn9epbnilndk5qghzok9689rkqbguogafmck_8tQa37EgnC_rrylkf7oebjctzmvyfklsbsqeehncwdxheeum23ajf4x5l92bpquov1mkbmd.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_TuzFzojiNb_wea8fsc4bu0ukuwplbbmuom9iuqfp9d582lkyci3aqydieagjrxtszl1spfm_k7lLujAcyi_teis95psaw8bp7ssehik2evgaqau2esben3z5ddypgrbf6ock4h0ebnq2gzk.jpg)
आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी र…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_vpm6Neum1K_oh4frmw12j932ptbbrlrjdduvfw70bqfirzvysods96s0mt8cama9uojvymw_zZ5nHq6WPs_ecjtrlhq5qcib4e9turl69vdn6mmgfbsww5svayo935elkpbtthbu5thne10.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…
![साउने सोमवारको व्रत किन बसिन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Pashupati_7.jpg_cQxWCCNle6_sjpglytbb8zys49oyeftwhsuakcm9szonmuwflhwsbloxryqxsyxrnq8mynk_Kpo0hlDZPs_iixrcsw2jwrwtedq8zzgdj6rssizvapsbqqid4bkgm1ks8qygffrkglepxbb.jpg)
साउने सोमवारको व्रत किन बसिन्छ ?
साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन (तस्वीर…
![आज साउनको पहिलो सोमबार : धरानकाे पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरूकाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/so_yjjDRI5c8b_dldxxy3qhs0nc0g7uvy29evuh8lhbthbmzk4bkcz5rf5qjcc02zvozfxegeg_Ul1c87vF5C_im2gzmhwotqm3ifidpfrtbg6ylzx9dsdlyaavimcoidjfyrnl8ucrx97resu.jpg)
प्रतिक्रिया