प्रधानमन्त्री प्रचण्ड ल्हासामा, मानसरोवर पनि जाने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-1-1_DvFwYzHp7v_xunreo4kxqdm4fh0mtqtcjuuiezflhk9r98gxufugs9f5tlporu65pjdifp6_ldPuW7fCtk_hrwgvn9ttjlyb4bo2fsfe0wnotgvbyt8utiagdwtbfajwmaalqwhhen8osex.jpg)
ल्हासा । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकीसहित स्वागत गरिएको छ ।
कार्यक्रमको सूचीअनुसार बुधबाार साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । सचिव वाङले प्रधानमन्त्री प्रचण्डको सम्मानमा बुधबार साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।
चीनसँग सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गरेका हुन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।
उनका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् । यसअघि प्रधानमन्त्री प्रचण्ड मंगलबार बेइजिङबाट छोङछिङ सहर आइपुगेका थिए । त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए ।
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_CGSK0bC7dy_raurw7z9qvzsv0fks3z8s8gqqeavim40zyubuuu6kgkyulzo7x3578bz0evr.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_eAp3Gnjd1V_olbpzgqrktcb2jipgxc0kcdipupkr67ueyzj3imzojifi6mlm4kzlw9mbtu5.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_a968qOaZt9_d19hsupdkaojp1zwkt6jr91u1zi9llbmwktos5sufgwsml9hyq1qjwc7lyr4.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_W8ioiC1Toc_rylk9r0k71npatrhk3fdb4sidwci8usrj1ldedmzmgzsxpjhmsjhmf6himwq.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_dayIHhNc7k_s1mjejb72w1hweh0aii0cdhwlxcld4py6bcbtkh8jzbap6xlqt6iqwk2nyzh.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_fZgHEsB7Yo_s4zgiuhy7bc1ecanyjs4fx4nep3di4mrmqzggicyfz260kkupvkidgvm1fgs.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_QGHpBxVMJY_wff9vx09qkrtsb8hgdjsjyz1ynf4qwdirfldqs6fbscyp1jlpi6kercvewwr.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_FEt4dn8u39_lqlkdpmjk2mlgh5b2t7n2iedqdt6kb8xzkwvjdijg7wakun7uroly3zvdrug.jpg)
प्रतिक्रिया