कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् । गत भदौ २२ गते गठन गरिएको ५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।
सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री बनेका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
कांग्रेस झापा पूर्वसभापति शर्माको निधन
उदयपुर पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ गम्भीर
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

धरानमा किशोरी झुन्डिएको अवस्थामा फेला

एमाले कोशी प्रदेश कमिटीद्वारा ११ सदस्य मनोनित

झापा तथा भोजपुर आगलागीमा परी दुई महिलाको मृत्यु

धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते

प्रतिक्रिया