एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रनमात्र बनायो ।
महिला क्रिकेटको तेस्रो स्थान भने बंगलादेशले सुरक्षित गरेको छ । सोमबार नै तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

एनएसएल: झापामाथि इलाम १-० ले विजयी

आइपिएल: मुम्बई इण्डियन्समा फर्किदै हार्दिक पाण्डेय !

केपी ओली कपः बागमती सेमिफाइनलमा

ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप

प्रतिक्रिया