गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्ने ठाउँनै छैन'

इटहरी । सुनसरी कालाबन्जारवाट पहिलो पटक सेवा लिन आएकी लक्ष्मी श्रेष्ठ सामुदायिक अस्पताल इटहरीको खुलेरै चर्चा गर्छिन् । बिमारी हुँदा त्याका नर्स एवम चिकित्सकहरूले गरेको व्यवहार , अस्पतालको सेवा सुविधा , व्यवस्थापन पक्षमा देखिएका सुधारात्मक कार्यहरूको उनी प्रशंसा गर्न थाक्दिनन् । नशा सम्बन्धी रोगले सताएपछि उनी गत जेठ २४ गते सो अस्पताल पुगेकी थिइन । अहिलेउनकाे स्वास्थ्य अवस्था क्रमिक सुधार हुदैगएकाे उनी आफै बताउँछिन् । त्यस्तै इटहरी आपगाछीका भुवन नेपाल पनि पछिल्लो समय सामुदायिक अस्पतालले सेवा बिस्तार गरेसङै नजिकका बिमारीहरू उपचारका लागि धरान र विराटनगर जस्ता सहरहरू धाउनु नपरेको सुनाउँछन् ।पहिले टाउको दुख्दा पनि उपचारको लागि धरान स्थित बिपी प्रतिष्ठान पुग्नुपर्ने बाध्यता अब हटेकोमा नेपाल खुसी व्यक्त गर्छन् ।

अहिले व्यवस्थापन पक्षमा देखिएको सुधारात्मक कार्य सँगै थप सेवा सुविधा विस्तार गरेपछि अस्पतालमा सेवाग्राहीहरूको चाप बढदाे देख्न सकिन्छ । ३ वर्ष अघि मात्रै सेवाग्राहीको खडेरी पर्ने इटहरी सामुदायिक अस्पतालमा अहिले दिनु चाप बढदाे छ । ४ वर्ष अघि सम्म भाडाको घरमा सञ्चालन हुँदा अस्पतालको अवस्था दैनिक नाजुक रहेको थियो । जब अस्पताल प्रशासनले इटहरीको हलगडामा आफ्नै भवन निर्माण गरी सेवा थप गर्दै व्यवस्थापन पक्षमा जोड दिन थाल्यो त्यसपछि त्यसपछि सेवाग्राहीहरूको भिड बाक्लिँदै जान थाल्यो । अहले इटहरी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने पहिलो नम्बरमा यही सामुदायिक अस्पताल मानिन्छ ।

निजी क्षेत्रबाट लगानी गरी सेवा बिस्तार गर्ने यो इटहरीको सबैभन्दा पुरानो अस्पतालको रूपमा पनि चिनिन्छ । दैनिक ३ सय बढीसेवाग्राहिहरूलाइ सेवा दिँदै आएको अस्पतालमा अहिले २४ सई घण्टा अापतकालिन सेवा देखि विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । पहिलो इमर्जेन्सी सेवा सहितको अस्पतालका रूपमा पहिचान स्थापित गरेको सामुदायिक अस्पतालले पछिल्ला समय सबै रोगहरूको विशेषज्ञ सहितको चिकित्सकहरू राखेर उपचार सेवा दिन थालेको अस्पतालका संचालक टङ्क दुलाल बताउनुहुन्छ ।

अस्पतालले हलगडा स्थित नयाँ भवनबाट समेत स्वास्थ्य सेवा दिन सुरु गरेको छ  दैनिक एक सय बढी बिरामीहरूलाई सेवा दिइरहेको सामुदायिक अस्पताल इटहरीकै सर्वसुलभ र भरपर्दो सेवा दिने अस्पतालको रूपमा स्थापित भएको दुलालकाे भनाई छ । सुनसरीका साथै विभिन्न जिल्लाहरुबाटसमेत आकस्मिक उपचारको साथै विशेषज्ञ सेवाको लागि बिरामीहरू अस्पतालमा आउने गरेका छन् ।

यहाँ २४ सई घण्टा मेडिकल अफिसरहरूबाट इमर्जेन्सी सेवा सञ्चालनमा रहेको उनले बताए । ‘नयाँ भवनबाट सेवा सुरु गरेपछि अझ धेरै बिरामीहरूले अझ स्तरीय सेवा पाउनेछन्,’ उनले भने ।अहिले उक्त अस्पतालमा १५ बेड रहेका छन् भविष्यमा ५० हुँदै १ सय बेड सम्म पुर्‍याउने लक्ष्य रहेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालले थप गरेको सेवाहरू

सामुदायिक अस्पतालले इटहरीका बिरामीलाई आपतकालिन उपचारमा टाढा जानु नपरोस् भन्ने हेतुले हाड जोर्नी, नशा र प्रसूति सेवाका लागि विशेषज्ञ सहितको सेवा थप गरेको छ ।

अस्पतालले काठमाण्डौको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका डाक्टरहरूबाट सेवा सञ्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य जाँच, भिडियो र डिजिटल एक्स-रे, दन्त सेवा, प्लास्टर सेवा, निःशुल्क सुरक्षित मातृत्व सेवा, निःशुल्क क्षयरोग सेवा, विभिन्न डाक्टरहरूको विशेषज्ञ सेवासमेत दिइरहेको छ । दैनिक फिजिसियन सेवा,  स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग सेवा, हाड जोर्नी तथा बाथ रोग सेवा रहेका छन् ।

आफ्नै भवनमा अझ थप सेवाहरू विस्तार गर्दै लगिने अस्पतालले जनाएको छ । अस्पतालमा हाल २४सई घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पूर्ण रोग सम्बन्धी सेवा हाड जोर्नी तथा नशा रोग सम्बन्धी २४ घण्टे सेवा ,बालराेग सम्बन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्बन्धी आकस्मिक तथा परामर्श सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्बन्धी सेवाहरू सञ्चालनमा रहेको अस्पतालले बताएको छ । विगत २२ वर्षदेखि इटहरीमा स्वास्थ्य सेवा दिइरहेको सामुदायिक अस्पताल सहकारीबाट सञ्चालन भई स्वास्थ्य सेवा दिइरहेको संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित