अम्बे सहकारीमा फेरी लफडा , बचतकर्ताहरूले घेरे सहकारी रजिस्टारकाे कार्यालय, अध्यक्ष मगर सहितको सञ्चालक समितिमाथि कार्वाहिकाे माग

इटहरी / सुनसरिको इटहरीस्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको रकम फिर्ता नगरेको भन्दै ३ सय बढी पीडितहरूले अध्यक्ष फडिन्द्र मगर सहितको सञ्चालक समितिमाथि कार्वाहिकाे माग गर्दै प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय कोसी प्रदेश इनरुवामा नाराबाजी गरेका छन् ।
पटक पटक बचतफिर्ताकाे माग गर्दै आएका पीडित बचतकर्ता तथा शेयर सदस्यहरूले आइतबार इनरुवाको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय घेराउ र नाराबाजी गरेका हुन । पीडितहरूले यस अघि नै अम्बेबाट आफूहरू ठगिएको विवरण सहित रजस्टारकाे कार्यालयमा उजुरी गरेका थिए ।
उजुरी गरेपनिसुनुवाइ नभएको बताउँदै उनीहरूले आइतबार दिउसो सहकारी रजिस्टारकाे कार्यालयमा १ घण्टा घेराउ र नाराबाजी गरेका हुन । सहकारीबाट प्रत्यक्ष पीडित बनेका ३ सय भन्दा बढी बचतकर्ताहरूले अम्बे कोसी सहकारीका अध्यक्ष फडिन्द्र मगर सहितको वर्तमान सञ्चालक समितिमाथि तत्काल छानबिन गरी कार्वाहिकाे माग गरेका छन् ।
पीडितहरूले सहकारीको लेखापरिक्षण सार्वजनिक गरिनुपर्ने , बचतकर्ताहरूको सबै बचतहरू फिर्ता गरिनुपर्ने जस्ता जायज मागहरू राखेका छन् । यता यस विषयमा सहकारीका अध्यक्ष फडिन्द्र मगर सँग सम्पर्क गर्न खोज्दा उनकाे मोबाइल अफ रहेको कारण कुनै कुरा हुन पाएन । सहकारी रजिस्टारकाे कार्यालय इनरुवाले भने अम्बे कोसी सहकारीबिरूद्ध परेको उजुरी बारे छानबिन भइरहेको बत्ताएको छ ।

इटहरी उपमहानगरले महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख नगद सहित बिदाइ

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक आसपासका रुख कटान गरिने

कोशीका मुख्यमन्त्री कार्कीले तोकिदिए तीन मन्त्रिको जिम्मेवारी
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

प्रतिक्रिया