बजरंगले पायाे टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ’बेस्ट भ्यालुड कस्टमर अवार्ड’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bajrang%2520steel%2520(1)%2520copy_HLhfd5Yocs_hou6x5uk1iapdxlgqzxufadz6eptcrld7yozstiili4kukxnncvli7fdaxoy_oeUr3yFzc6_irt76g6nbkhrfikwtjzvz4qrucnreuxkizybmlcyjf6dsb4boumgvv5rnlb8.jpg)
विराटनगर / ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन एन्ड स्टिलका प्रबन्धनिर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक ्रमेश राठीलाई बेस्ट भ्यालुड कस्टमर अवार्डले सम्मानित गरेका हुन् ।
सुनसरीको दुहबी नगरपालिकामा स्थापित स्वस्तिक रोलिङले १० महिनाअघि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ ।
एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ ।
यसरी स्वस्तिक रोलिङ मिल्स व्यावसायिक उत्पादनको एक वर्ष पनि नपुग्दै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ ।
टाटा स्टिल भारतको सबैभन्दा ठुलो र ब्रान्डेड फलाम उद्योग हो । यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन् । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ । टाटा स्टिलको स्पन्ज आइरन संसारमै स्तरीय मानिन्छ । टाटा स्टिलका आफ्नै फलाम खानि र प्रशोधनका कारखानाहरू भारतका विभिन्न स्थानहरूमा १ सयभन्दा बढीको संख्यामा छन् ।
स्वस्तिक रोलिङले टाटा स्टिलबाट आयात गरेको कच्चा पदार्थ स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्दछ । उद्योगका निर्देशक राठीले उद्योगबाट उत्पादन सुरु भएको एक वर्ष नपुग्दै टाटा स्टिलबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाउनु खुशी र गौरवको विषय भएको प्रतिक्रिया व्यक्त गरे ।निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको जानकारी दिए ।
उनले उद्योगका ‘बजरंग’ ब्रान्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने स्पष्ट पारे । राठीको भनाइ थियो, ‘हामी गुणस्तरप्रति सधैँ सचेत छौँ । छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो ।
![निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_aTIZyKloOH_xuliytpbuoirzf5z5gde87sniuqia0dpnzy6ixmkiupuumy1w9a5jcrlvzss_dVymqFRHDj_apczfu2mz9tvmw6yvggqhi3d40srwbiarkuv8jublxhhwiseawlqrogofeap.jpg)
निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?
![मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_1c8eA4N1Kg_jia4m48pdxlutnbkgza7lsb8r8gnzftkiujdljmb1sqv6guan113ao2jkf45_t8UCDMlkOE_skcbexncimmcunya5ks2yvg24zyowle7aqfx5dbe28hvngcga50qm1v5e60k.jpg)
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)
![अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार](https://snowberry.prixacdn.net/media/gallery_folder/dollar_kgt0bwiVIS_2tfff1riea9w1psfcm2v71z50y26qz7zuf8zciyet3uqxo77im9kzia5fo9s_A9g6iIzJSF_8vk5wyzyeitccbztg3jnpepcdvvnpsaqqaxyrauo3m4fx4obhgxjkzsy7rk7.jpg)
अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार
![सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2-1_erqr9TPOIj_p444wxcjtxifgss3otuzaaf1arq9ykvl9ze1hvx764edkpg5hvnoryrq2uwq_TtvS7ONBej_z6ufgkwmhwbkrlpstkzwkl3sv0sopedckp8w3mv0tsohmodnrrsjjvqjpqtb.jpg)
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
![मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mahaprasad_adhik_GnTvQMMJm8_a0yohigchc1dt5oivudmewlssavsn3dbwdq3bb6wc8od0dikbjqkc5mc39bu_mauxojMaYg_3jsf10wu5c2uqezeojtwsgdbnqillktmhgs7vqhgoqubbs9skjldqxaie4gz.jpg)
मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?
![नेप्से ३२ अंकले बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse_badyo_zkuMLfGFnv_Xhj8QZHLii_q8ipwdwsukq0s0fhylzu9gk7nnniehsfgyrpzazkotoj686kkajd6tycil2x_pWqlPT2vuG_ousoj3hmpv7v2hdbx5jqbkedl9hdw3jgo09luzxo3mezkwnlxr3w9wlvuq20.jpg)
नेप्से ३२ अंकले बढ्यो
![ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी](https://snowberry.prixacdn.net/media/gallery_folder/c902df33-f977-4883-a353-7c087d5d1b6b_kHXjFllFga_ulzjluu3awkwnkx0aevzf7cqvg2eqmhyodsj7knuyst7z2oqdvguw5b8h9sp_q9adJPiNxR_5a2u6xo3ksp2enw1pmfa3sbrfdtgazyutug0oro4buxcqzhl5k4fkg6kjjhr.jpeg)
ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी
![एकै दिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-new_YQTg8owAO3_nwv9xhgap7tngwiu0sh1kq70qwhmau7fbazp10fhhpl0fsbanrcu7ouecvep_pHKi09tpfi_tjyos1j55qm7qwteabxt3sebh2k41r9bmwcq1dlaeuz9i7erfarzzyvllptv_7ugBVHVFSZ_ygl5vi9fodbwyibc7i9sdydhe2gs88p0bwa3lw4syxxey7jivayzrjci4k2b_3QYpoIaz9Q_ymepeolznznmadrhaxwaebugtjs9xfn39mezjwcbpoif3lzvz8tqj7ntawob_UKovtAavvb_2lndajzgm48advd6g4irt2apyydks4ae1rjw5xjrntvcmj0tzo2zsl5t8lrp_9jPqmYLd9u_91duty40qnlzru3gym1lbnzp44khtevyllvbvv0hnuuljxlaxpnqztnxazqn.jpeg)
प्रतिक्रिया