अर्को वर्ष नेपालको आर्थिक सूचक सुध्रने एडीबीको अनुमान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/adb_zF2xLiMIpC_qcr6nizbtdfubzxmogbemjhdy0ffnehbp1y9hyf6dfc41jj6acpdt2krurji_acsvWqspat_vvqejvpcjbs2tnaxs19wtfo9toi8hrjlzka6zgo6iguxemosz8vp8ral59uq.jpg)
काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । एडीबीले यही बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।
उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आगामी वर्ष उल्लेख्य सुधार देखिने एडीबीको अनुमान छ । आज सार्वजनिक भएको ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ अनुसार नेपालको कृषि क्षेत्रमा सन् २०२२ मा दुई दशमलव दुई प्रतिशतको वृद्धिदर देखिएकोमा सन् २०२३ मा दुई दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै, यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर शून्य दशमलव छ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । जबकि, सन् २०२२ मा यो क्षेत्रको वृद्धिदर १० दशमलव आठ प्रतिशत रहेको थियो । उच्च ब्याजदर र आयातमा प्रतिबन्ध लगाइनुलाई यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर घट्नुको मुख्य कारण ठानिएको छ । सेवा क्षेत्रको विस्तार सन् २०२२ मा पाँच दशमलव तीन प्रतिशत रहेकोमा यस वर्ष आधा बराबरमात्रै रहने एडीबीको अनुमान छ ।
सन् २०२३ मा सेवा क्षेत्रमा दुई दशमलव तीन प्रतिशतको वृद्धि देखिने अनुमान गरिएको छ । यस वर्ष सेवा क्षेत्रको वृद्धिदर घट्नुमा खुद्रा तथा होलसेल व्यापार र यातायात क्षेत्रमा कमी आएको कारण देखाइएको छ । उपभोगमा हुने खर्च गत वर्ष छ दशमलव आठ प्रतिशतको वृद्धि रहेकोमा यस वर्ष खुम्चिएर चार दशमलव एक प्रतिशतको मात्रै वृद्धि देखिने एडीबीको अनुमान छ । एडीबीका अनुसार यस वर्ष नेपालको स्थीर लगानी १० दशमलव नौ प्रतिशतले घटेको छ ।
जबकि, गत वर्ष तीन दशमलव आठ प्रतिशतले विस्तार भएको थियो । निजी लगानी सात दशमलव छ प्रतिशत र सार्वजनिक लगानी २० दशमलव दुई प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । जसकारण, कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा तीन दशमलव नौ प्रतिशत विन्दुको गिरावट देखिएको एडिबीले जनाएको छ । त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२४ मा भने त्यो घटेर छ दशमलव दुई प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । नेपालले वस्तु आयात गर्ने सबैभन्दा ठूलो मुलुक भारतमा सन् २०२४ मा मूल्यवृद्धि घट्ने अनुमान गरिएका कारण नेपालमा पनि त्यसको सकारात्मक प्रभाव देखिने अनुमान एडीबीको छ ।
यस वर्ष मुद्रास्फीति बढ्नुमा विश्व बजारमा भएको पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र अमेरिकी डलरको भाउ बढ्नुलाई कारण मानिएको छ । नेपालमा सन् २०२३ मा खाद्य क्षेत्रको वार्षिक औसत मुद्रास्फीति छ दशमलव छ प्रतिशत रहने अनुमान गरिएको छ । यातायात, स्वास्थ्य, शिक्षा, घरजग्गालगायतका गैरखाद्य वस्तु र सेवाको मुद्रास्फीति आठ दशमलव छ प्रतिशत रहने अनुमान गरिएको छ । न्यून खर्च र राजस्व सङ्कलनले समग्र बैकिङ प्रणालीको तरलतामा असर गरेको एडीबीले जनाएको छ ।
न्यून राजस्व सङ्कलन भएका कारण सन् २०२२ मा जीडीपीको तीन दशमलव दुई प्रतिशत रहेको सरकारी वित्त घाटा सन् २०२३ मा जीडीपीको छ दशमलव एक प्रतिशत पुग्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाह सन् २०२२ मा दुई दशमलव दुई प्रतिशतले बढेकोमा यस वर्ष १२ दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यस्तै, विदेशी मुद्रा सञ्चिति अमेरिकी डलर ११ दशमलव सात अर्ब पुग्ने र १० महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने जनाइएको छ । सन् २०२२ मा अमेरिकी डलर नौ दशमलव पाँच अर्ब बराबर रहेकोमा यसले छ दशमलव नौ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने अवस्था थियो ।
सन् २०२४ को अन्तसम्ममा नौ सय मेगावाट बराबर विद्युत् उत्पादन थपिने अनुमान गरिएकाले यसले पनि आर्थिक विकासमा केही सहयोग गर्ने अनुमान एडीबीको छ । जसकारण औद्योगिक क्षेत्रमा सन् २०२४ मा छ दशमलव तीन प्रतिशतको वृद्धि देखिने अनुमान गरिएको छ । घरजग्गा, खुद्रा तथा होलसेल बजारमा राम्रो सुधार हुने ठानिएको छ । चालु पूँजी कर्जा मार्गदर्शन संशोधन गर्ने प्रतिबद्धता नेपाल राष्ट्र बैंकले जनाएकाले निजी क्षेत्रलाई सहयोग पुग्ने जनाइएको छ ।
नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती भने कायमै रहेको एडीबीले जनाएको छ । स्थीर मूल्यवृद्धि र पर्याप्त वैदेशिक मुद्रा सञ्चितिका कारण अहिले मुख्यगरी बाह्य क्षेत्र सन्तुलन र समग्र अर्थतन्त्रमा पनि सुधारका सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई घटाएर साढे छ प्रतिशत बनाएको थियो ।
यसले ब्याजदर घटाउन सहयोग गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने देखिएको एडीबीले जनाएको छ । घरजग्गा, थोक तथा खुद्रा व्यापार र सेवा क्षेत्रमा विस्तार हुनसके अर्थतन्त्र थप सुदृढ हुँदै जाने ठानिएको छ । अहिले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र जोखिम घट्दै गएको एडीबीको भनाइ छ ।
![निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_aTIZyKloOH_xuliytpbuoirzf5z5gde87sniuqia0dpnzy6ixmkiupuumy1w9a5jcrlvzss_vinG8N9nX1_x0anko2osdbc9td4zzxcoc0sassfjfjegai4urcgox9xpttljdc4u26uktaj.jpg)
निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?
![मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_1c8eA4N1Kg_jia4m48pdxlutnbkgza7lsb8r8gnzftkiujdljmb1sqv6guan113ao2jkf45_RM1DymNudX_cnrxlf9d58qwsziawlenwx5lcbt1au6o2elpmmoucmflturcojvic66h4ugc.jpg)
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)
![अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार](https://snowberry.prixacdn.net/media/gallery_folder/dollar_kgt0bwiVIS_2tfff1riea9w1psfcm2v71z50y26qz7zuf8zciyet3uqxo77im9kzia5fo9s_gpXVBzT9x2_yv8fmtchokh6gkicbsk0xy88fxcpstbemkkpskyluhcan2f066jggiv0l2ce.jpg)
अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार
![सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2-1_erqr9TPOIj_p444wxcjtxifgss3otuzaaf1arq9ykvl9ze1hvx764edkpg5hvnoryrq2uwq_5Oi6lNsiDg_rsdmky5ie65llgilrakosstvjwe1tqo9pgvnplej4rceel4wtyaf9qnqscti.jpg)
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
![मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mahaprasad_adhik_GnTvQMMJm8_a0yohigchc1dt5oivudmewlssavsn3dbwdq3bb6wc8od0dikbjqkc5mc39bu_AWCha1yDkG_ad8yhwchjwhqwbfpoaemts7qljh1bf0mkrcwggfq0cyby5xwvadnyrhrddqg.jpg)
मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?
![नेप्से ३२ अंकले बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse_badyo_zkuMLfGFnv_Xhj8QZHLii_q8ipwdwsukq0s0fhylzu9gk7nnniehsfgyrpzazkotoj686kkajd6tycil2x_pWqlPT2vuG_ousoj3hmpv7v2hdbx5jqbkedl9hdw3jgo09luzxo3mezkwnlxr3w9wlvuq20.jpg)
नेप्से ३२ अंकले बढ्यो
![ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी](https://snowberry.prixacdn.net/media/gallery_folder/c902df33-f977-4883-a353-7c087d5d1b6b_kHXjFllFga_ulzjluu3awkwnkx0aevzf7cqvg2eqmhyodsj7knuyst7z2oqdvguw5b8h9sp_NHd3yq0WrD_xngedijn1m7ydvexowcnt5gmei4w6q3n1ttu2wdssqm0nvjub5e4qjzdmblc.jpeg)
ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी
![एकै दिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-new_YQTg8owAO3_nwv9xhgap7tngwiu0sh1kq70qwhmau7fbazp10fhhpl0fsbanrcu7ouecvep_pHKi09tpfi_tjyos1j55qm7qwteabxt3sebh2k41r9bmwcq1dlaeuz9i7erfarzzyvllptv_7ugBVHVFSZ_ygl5vi9fodbwyibc7i9sdydhe2gs88p0bwa3lw4syxxey7jivayzrjci4k2b_3QYpoIaz9Q_ymepeolznznmadrhaxwaebugtjs9xfn39mezjwcbpoif3lzvz8tqj7ntawob_UKovtAavvb_2lndajzgm48advd6g4irt2apyydks4ae1rjw5xjrntvcmj0tzo2zsl5t8lrp_BcPmPHROM8_11z9inki5sbtzfrmyzk8jiwkiiaihvaosvpq5otexbhlsb04xwz6lxka5hvh.jpeg)
प्रतिक्रिया