शिक्षक महासंघका प्रतिनिधि र मन्त्रीबीच वार्ता जारी

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। सिंहदरबारमा सरकारका चार मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको हो।
बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति छ। यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन्।
गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट रहँदै आएका छ्न। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। आन्दोलन पक्ष र सरकारबीच आज बिहान पनि वार्ता भएको थियो।

तीनकुनेमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

नमुना कलेजद्वारा शिक्षक शिक्षिकाहरूलाई अनुसन्धानमूलक लेख लेखन सम्बन्धी २ दिने …
क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’काे अायाेजना गर्ने
मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स हुने

भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने

एन प्याव्सन इटहरीको विविध कार्यक्रम

प्रतिक्रिया