एन प्याव्सन सुनसरीको अधिवेशन सम्पन्न : अध्यक्षमा यावा राई, बरिष्ठ उपाध्यक्षमा गणेश कोइराला

इटहरी । एन प्याब्सन सुनसरी जिल्ला अधिवेशनले यावा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सुनसरीको धरान स्थित लाङघाली सामुदायिक बन परिसरमा सम्पन्न अधिवेशनले राईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा गणेश कोइराला र आलोक श्रेष्ठ निर्विरोध चयन भएका छन् । अधिवेशनले सचिव ,सहसचिव ,कोषाध्यक्ष , सह काेषाध्यक्षमा क्रमशः थरेन्द्र प्रसाद अधिकारी , पूर्णचन्द्र ढकाल , कृष्ण प्रसाद गडताैला , र करण सुब्बा निर्विरोध भएका हुन ।
भेलाले अन्यलाई सदस्यमा निर्विरोध चयन गरेको हो । कार्यक्रम एन प्याब्सन जिल्ला कार्य समितिका अध्यक्ष नारायण कुमार सन्जेलको सभापतित्व र एन प्याव्सन केन्द्रीय अध्यक्ष पाण्डव हमालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तीनकुनेमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

नमुना कलेजद्वारा शिक्षक शिक्षिकाहरूलाई अनुसन्धानमूलक लेख लेखन सम्बन्धी २ दिने …
क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’काे अायाेजना गर्ने
मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स हुने

भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने

एन प्याव्सन इटहरीको विविध कार्यक्रम

प्रतिक्रिया