संविधान दिवस : प्रभातफेरिमा कर्मचारी सहभागी नभएपछि नगरप्रमुख प्रल्हादकुमार क्षेत्री आक्रोशित

महोत्तरी / संविधान दिवसको अवसरमा बुधबार महोत्तरीमा हर्षाेल्लासका साथ स्थानीय तहले प्रभातफेरि कार्यक्रम गरेका छन् ।नागरिक समाज, संघ संस्थाहरु, राजनीतिक दलहरुलाई सहभागी भएर निकालिएको प्रभातफेरि कार्यक्रममा उत्साहजनक उपस्थिति थियो ।

प्रभातफेरिपछी भएको कोणसभामा बोल्दै वक्ताहरुले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको विचार व्यक्त गरे । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन गर्दै संविधान दिवसलाई कालो दिवसकोरुपमा मनाउन उक्साउने केही मधेशवादी दलहरुप्रति कटाक्ष समेत गरे ।

‘जनताको हकअधिकार सुनिश्चित गर्नका लागि यही संविधान उत्कृष्ट भएको र संशोधन गरेर पनि थप परिमार्जन गर्न सकिने बाटोहरु खुल्ला छन्,’ उनले भने । 

संविधान दिवस जस्तो महत्त्वपूर्ण दिनमा विदाका नाममा घरमा नै बस्ने कर्मचारीहरुप्रति नगरप्रमुख क्षेत्रीले असन्तुष्टि समेत व्यक्त गरे ।संविधान दिवस मनाउन दिएको विदालाई दुरुपयोग गर्दै घरमा बसेर कार्यक्रममा सहभागी नहुनु दुखद् भएको उनको भनाइ छ ।

आन्दोलन र बलिदानबाट प्राप्त भएको संविधानको रक्षार्थ सबैजना एकजुट हुनुपर्ने उनको भनाइ छ । 
 

प्रतिक्रिया

सम्बन्धित