विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित श्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मगरले विद्यालयको एक लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा मगरसँग एक लाख ९० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
अनुसन्धान हुँदा मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी गर्ने सर्तमा विद्यालयको एक लाख ९० हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ।
आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाइ गरी लिएको उक्त रकम हालसम्म फिर्ता नगरी हिनामिना गरेको देखिएको हुँदा मगरविरुद्ध सम्पत्ति हानि, नोक्सानी÷हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ।
![विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi-1_2bgRpbmYg5_ngo05ybuivakrmwh1tb7vtdvcdj3cfzghtccbjmdsohi2yqepqxbzm1bxxxv_We7Enn3IGU_nt2jqgggpotviwlgmvjwcbg3xivg2vycd8cqncw4252ppy8y06jb7a4ctfrp.jpg)
विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते
![वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Karnali-b_IX7op7bpG1_o4r5lyufc7d6t9pfjgfg7p0opl2hoqwlyifahclwm1ikjpvrvmdloflqmys6_bclncLGY38_koybpmwxtroxdja67tbc1raolvjnftzfwfrdcc7yidpnmwnzzuxopthwkbde.jpg)
वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध
![आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/duban-kailali-bhajani_lF17G04QKz_omvhi5jjmaayftt0092bfpuke1mnhshrgi5icxa1v8fyzbbsiqaqt3q48blk_YLydShNfsa_ebqtqtbqjbqppkq38o5wseceot6w4q7xd57z02ynmon5zhs8uq8gmimfqouy.jpg)
आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अ…
![महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/sandhyaa_knhl82qiAP_8qlwixl3mszf3atxcc2hp7yj2tsq5hyr6vatoblntdblxc3zf09qtertgtaj_4jSJkaPo3l_flig8qroc1exxgqspxswhbciryo5x71ptm5nrzqqotjccxcc2bwf0nbqoleu.png)
महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा
![अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Tamor-flood__u8vF85asIv_es5ioylc9gyswyc0bafz86kth3zqkndklarutypok7a36uojsxnvnniqmjpt_mw2JGGjUaO_q2qomzxtox6xpn60wkasp9mqwohheh0hzc46vflfgd54ihsstxx5bvw9jzh8.jpg)
अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन…
![बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कहा छ अवरूद्ध ?](https://snowberry.prixacdn.net/media/gallery_folder/road_ol2fs7PamI_eam9la8i104v9f2uwis6nx5zgldztmylbqh4wnncxbmvazmp7tvt1frk9pmz_AfxZUuF8YN_x8rsyxkc6rl3d5fwpesgmshg9gnavpvjz16xr6a8oghvtwlzygzjpcinqmav.jpg)
बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कह…
![खसी, बोका बिकेनन् : धरान कृिष बजार ल्याउनुस ....](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan_jlt06Dujwv_gdb9oy1tyddloyczcamwrdroyi6tydqwzhbhcgcjfpvd2r51vnsygguqml0e_qFdmSBHJwG_4q1163qn4ma1sfay5qx2qnhmststaox4qcwvnnkpdepdilbdyx4bfeovwhoy.jpg)
प्रतिक्रिया