सुनचाँदीको मूल्यामा सामान्य वृद्धि

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ ।
महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
सुनको मूल्य बढेको दिन आइतबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

आजको तरकारी तथा फलफूलको मूल्य, काउली ९० रुपैँया

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
%2520copy_HLhfd5Yocs_hou6x5uk1iapdxlgqzxufadz6eptcrld7yozstiili4kukxnncvli7fdaxoy_zqMKOY3m5Y_a0ndqfuc2ucbzhrtkpf74jje7uv7wh3tv6cgwoajmkiuyt4n6i18b8pkahiu.jpg)
बजरंगले पायाे टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ’बेस्ट भ्यालुड कस्टमर अवार्ड’

प्रतिक्रिया