ब्राजिलमा बिमान दुर्घटना, सबै १४ जनाको मृत्यु

रियो दि जिनरियो । ब्राजिलको अमेजोनास राज्यमा शनिबार एउटा विमान दुर्घटना भएको छ । जस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा बिमान दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।
अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ। हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ।’
यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिइएको थिएन। एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ।

हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ

इमरान खानलाइ अर्काे जेलमा सारिने

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई बिद्यार्थीका शवको तस्विर भाइरल

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी

अजरबैजान र अर्मेनियाबिरुद्ध युद्ध सुरु, २५ काे मृत्यु

मोदीलाई मन पराउने जनता ७६, सुनकलाई मन नपराउने ७३ प्रतिशत

प्रतिक्रिया