भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा ७ वर्षीय एकजना बालकको खसेर मृत्यु भएको छ । स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।
सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारकाे क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको जनाइएको छ ।

बारामा गोली हानी भारतीय युवकको हत्या

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु

बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा

नक्कली शैक्षिक प्रमाणपत्रमा दुई जना डाक्टर पक्राउ

फोन गरेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रति महासंघको आपत्ति

चितवनको दासढुंगामा बस दुर्घटना, १९ यात्रु घाइते

प्रतिक्रिया