दजनौ सडक बालबालिका खुल्ला आकाशमुनि सुताएर लाखौँ खर्चमा होटेलमा “बाल दिवस” मनाउँदै स्थानीय सरकार धरान

सुन्नुहोस्

धरान / धरानै स्थानीय सरकार धरान उपमहानगरपालिकाका क्षेत्रमा दजनौ सडक बालबालिका सडकमा भोको पेट, डेगुं लाग्दा पनि मच्छडको टोकाई सहेर पनि सिमेन्टको चिसो भुँइमा खुल्ला आकाशमुनि सुतिरहेका छन्।

स्थानीय सरकारले लाखौँ खर्च गरी होटेलमा स्टेज कार्यक्रम गर्नु व्यस्त छ । ५९ औँ राष्ट्रिय नारा “ बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” यो वर्ष नारा अनुसार धरान उपमहानगरले बालबालिकाको उज्ज्वल भविष्यको लागि सडकमा बेवारिसे बनेका कुनै बालबालिकामा लगानी गर्नु नसक्नु दुखद रहेको किशोरी सञ्जालकी झरना दर्जीको भनाई छ ।

डेगॅु लागेर मच्छडले टोक्ने ज्वरो आउँदा पनि उपमहानगरको टोली सडक बालबालिकाको लागि अभिभावक बन्नु नसकेको अश्विन थापाको भनाई छ । धरान क्षेत्रमा प्रकाशपुर, भोजपुर र झापा घर बताउने सडक बालबालिका सडमा फेला परेका छन्। सामाजिक शाखाकी एक कर्मचारीले बालबालिकाको लागि १ लाख रकम छुट्टाएर चतरा लाइनको होटेल स्टार पूर्वीमा कार्यक्रम गरेको बताईन।

यिनै हुन् उपमहानगरले लगानी गर्नु नसकेका डाक्टर र प्रहरी र हर्क बन्ने सोचका बालकहरु धरान भानुचोकमा १५ वर्षीय गोबिन्द राई नामका बालक बोरामा बोतल टिप्दै गरेको अवस्थामा फेला परे उनले पेटभरी खान नपाएको बुबाको मृत्यु आमाले अर्को विवाह गरेपछि आफू सडक मानव बन्न बाध्य भएको बताए ।

गोविन्दले भने मलाई एका बिहाने प्रहरीले पैसा चोरेको भन्दै हातको मुक्का छातीमा प्रहार गरेको बुट र लाठीले समेत प्रयोग गरी कुटेको बताए । बुबा आमाको मृत्यु पछि सडक मानव बनेका रेबनि राई प्रहरीले खेदाउँदा पुलमा लडेका दाजुको खुट्टामा समस्या देखिए पछि हिँडडुल गर्नु नसक्ने अवस्थामा पुगेका रेबिनको उपचारको लागी खर्च जुटाइरहेका छन् १३ वर्षका बालक गोबिन्द । यस्तै भाटभटेनी अगाडी बस्ने धरान १५ घर बताउँदै विश्व सार्की आफू नेपाल आर्मी बन्ने सपना सुनाउँछन् भने उनले आफूलाई कोही पढाई दिने व्यक्ति भए पढ्ने र ठुलो मान्छे रहर सुनाए ।

सार्कीले बुबा आमा पोइल गएकाले आफू सडक मानव बनेको दुःख सुनाए । यस्तै विश्वका मित्र खाम्सुहाङ बेघाले आफू ब्रिटिस आर्मी बन्ने र घरमा कसैले माया नगरेकाले आफू सडकमा माग्नु बाध्य भएको र बोडिङ पढ्ने र कसैले पढाई दिउ राम्रो कपडा दिए आफू काम गरेर घरमा सुतेर पढ्न मन भएको बताउ । उनले भने राती त सुत्न डर लाग्न प्रहरीले खेदाउँछन् भात पनि खान पाइँदैन हामीलाइृ कसले पढाइ दिन्छ र जनमदर्ता पनि छैन तर, मलाइ पनि अरू जस्तै लुगा लगाएर गाडीमा पढ्न जाने रहर छ ।

यस्तै रेल्वेमा पिपलको बोटमुनि सुतेका साउजी बन्ने सपना बोको सडक बालक अमृत चौधरी हाल टिन फलाम तथा बियरका बोतल टिप्ने काम गर्छन्। उनी आफूले किनेका खानेकुराहरू सामुदायिक कुकुरहरुलाइृ समेत दिएर बाँडेर खान्छन्। यस्तै बिवी क्याम गेट अगाडी, मङ्गलवारे चोकm भोटेपुल बरगाछी भानुचोक जस्ता सडकमा पुलमूनी उनीहरु बस्ने सुत्ने गर्छन्। मध्यरात सडमा सडक मान र बालबालिकाका अवस्था हेर्नु पुग्दा २ दर्जन सडक मानव भेटिएका थिए ।

बाल दिवसको कार्यक्रममा बोल्दै नगर प्रमुख हर्कराज राईले सडक मानव र बालबालिकाकोबारे दीर्घकालीन व्यवस्था गर्ने बताए। अभिभाभावको गैरजिम्मेवारीका कारण धरानमा र अन्य सहरबाट माग्न धरान आएको हर्कको जिकिर छ ।

 

प्रतिक्रिया

सम्बन्धित