७० हजार बोकेको झोला महाकालीले बगायो

बैतडी । बैतडीमा एक महिलाले ७० हजार राखेर बोकेको झोला महाकाली नदीमा खसेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीबार महाकालीमा खसेको हो।
झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको प्रहरीको भनाइ छ। केही दिनअघि मात्रै भारतमा रहेका श्रीमानले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन्। गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको बताएकी छन्।
गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताए। सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन्।

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ

हत्या आराेपमा एकजना पक्राउ

धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

शोर्य सिमेन्टका कारण एक वर्षमा सक्ने ठेक्का पाएको पुल चार वर्षमा बनेन

एयर गनसहित एकजना पक्राउ

प्रतिक्रिया