डाक्टर कुटपिटमा संलग्न चार जना पक्राउ

काठमाडौं । हेटौंडामा डाक्टरमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान र अनुप प्रधानलाई बिहीबार पक्राउ गरिएको जनाएको छ।
एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। पीडितले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। रितपूर्वक जाहेरी परेपछि कानूनअनुसार थप कारबाही अगाडि बढाइने डीएसपी भण्डारीले बताए।

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ

हत्या आराेपमा एकजना पक्राउ

धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

शोर्य सिमेन्टका कारण एक वर्षमा सक्ने ठेक्का पाएको पुल चार वर्षमा बनेन

एयर गनसहित एकजना पक्राउ

प्रतिक्रिया