बलात्कार अभियाेगमा लमजुङका दुई जनालाइ १२ वर्ष कैद सजायकाे फैसला
![](https://snowberry.prixacdn.net/media/gallery_folder/604589896b60181cd2e63d345aed9f64_fsOSEemW6W_e0eri4wfwcysneirrpdaqwipgddbqfxskjiut0rgb42iekhlvygewwh20eq2_OMgyp2iBqv_y1scfuwg2r06ydztv56xe4tdohsg0tmrtb0bmbxy91z1qyaskvd0k8ercwng.jpg)
लमजुङ / आफ्नै छात्रालाई करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङकाे राइनास नगरपालिकाका ९ का प्रकास थापालाइ लमजुङ जिल्ला अदालतले १२ वर्षकाे कैद सजाय हुने फैसला सुनाएकाे छ ।
तिनै बालिकालाई बलात्कार गरेकाे भनि परेकाे अर्काे मुद्दामा साेही ठाउँका अर्जुन विक्रम थापालाइ पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेकाे छ । छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएकाे छ ।
२०७७ माघमा भएकाे बलत्कारकाे घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाकाे वडा नंं ९ मा रहेकाे भैरब माविका शिक्षक प्रकास थापालाइ पहिलाेपटक पक्राउ गरेकाे थियाे । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकाेमा दबाबमा बालिकाले आराेप झुटाे रहेकाे बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।
उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । विद्यालयका अध्यक्ष नै शिक्षककाे विराेधमा उत्रेपछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ कारबाही गर्नुपर्ने भन्दै विद्यालयकाे पठनपाठन नै अवरूद्ध गरेर आन्दाेलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आराेप प्रत्याराेपकाे अनाैठाे सिलसिला नै चलेकाे थियाे ।
पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएकाे ठहर गरी बाल अधिकारकर्मीहरूकाे सहयाेगमा मनाेविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदाै १ मा ती बालिकाले प्रकास थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
साे क्रममा ती बालिकाले आफूलाइ राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेकाे भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाइ पक्राउ गरेकाे थियाे । शिक्षक प्रकास थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूकाे कासमु बुझाउन काठमाडाैं गएकाे बताइए पनि उनी लमजुङमै लुकेर बसेकामा किटानी जाहेरी परेकाे १४ दिनपछि पक्राउ परेका थिए ।
प्रहरीले पीडित बालिकाकाे किटानी जाहेरीका आधारमा दुवै आराेपीविरूद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेकाे थियाे । लमजुङ जिल्ला अदालतकाे फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_1hNs4QCZ3k_iuuborew4rsiz3nik0dvfbnusbah1rebpmg0goocthkoewxmmy3swsevpxdg.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_TgX21jNgmN_uoukpui0dxhtdd80fcqstoakqsd2ggz6vha0cbgr0wtmpm0nc8niuxwcwyi1.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_gqXMPojHon_4dflodmkskwcn2ljhwq817dndzdbj9oedu0gavoojeeqsvuvsnbp6pqci5gu.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_LCPrmlsTRI_tueazrodcnommmuxieseahk8uupxlenoxyku8k2gudi5o3debmljvpn7ubb5.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_r4B4QQi9Yl_h6klhltmlc0t04ib0sngdljizgqlj5p7cbp893azzroto8cl4ivkpmtykiij.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_qVcwFy2EgY_8ohla4pxewqdvr8tg0hb41wfa6opmrt01e2cfonqe3eiym26c1elehih3exp.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_zknBIrfPw1_izjtfqmwqsfhq3advlrac7cz7t9nyd1ay0y7hhuqxhogmst53bcb3fgsxyzf.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया