तीजको अवसरमा विश्व कीर्तिमानी कल्पनाले गराइन् क्लाइम्बिङ

काठमाडौं / विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई क्लाइम्बिङ.गराएकी छिन् । काठमाडाैंको धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले तीजको अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सहभागी गरएकी हुन् ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथसाथै तीजको गीतमा नाचेर रमाइलो पनि गरेका थिए ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको कल्पनाले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उनले जनाइन् ।
माउन्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रममा सफल महिला समूहका महिला दिदीबहिनीहरु, भास्सरा मा.विका विद्यार्थीहरुको साथै ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लबहरुका भाइबहिनीहरु सहभागी भएका थिए । सहभागीहरुले क्लाईम्बिडको अनुभव लिनुका साथै रमाइलो गरेर तीज मनाएका थिए ।
नेपालमा भइरहेको आरोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यत्रमाको नाम नै तीज अन द वाल राखिएको जनाइएको छ ।
आरोही कल्पना महर्जनले विगत केही वर्षदेखि नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा यसरी नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्व बुझाउँदै सिकाउँदै साहसिक बन्न प्रेरणा दिँदै आइरहेकी छिन् ।

मंगोलिया बिरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम

माल्दिभ्समाथि नेपालको सानदार जित

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

प्रतिक्रिया