सेयर बजार १९.४२ अंकले बढ्याे

काठमाडौ / दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९.४२ विन्दुले घटेर १९६७.५७ अंकमा आएर अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।
यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने बढेको थियो । दुई दिनमा सूचक करिब ५४ अंकले बढेको थियो । विशेषगरी सोमबार नेप्से सूचकमा आकर्षक ढंगको वृद्धि भएको थियो । तर यसरी बढेको बजारले मंगलबार भने निरन्तरता पाउन सकेन ।
यस दिन २७६ कम्पनीको ३९ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।

१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

आजको तरकारी तथा फलफूलको मूल्य, काउली ९० रुपैँया

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
%2520copy_HLhfd5Yocs_hou6x5uk1iapdxlgqzxufadz6eptcrld7yozstiili4kukxnncvli7fdaxoy_VCh5Slf8CJ_xgsas1pgjz5o0acciagwzpzapyiyzvfaihyenropbzxoicc2opipzav0vvzr.jpg)
बजरंगले पायाे टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ’बेस्ट भ्यालुड कस्टमर अवार्ड’

प्रतिक्रिया