एमाले मधेशमा विद्यार्थी खोज्दै

महोत्तरी / नेकपा एमालेले मधेशमा विद्यार्थीहरुलाई संगठित गर्ने अभियान अगाडि बढाएको छ । एमाले निकट अनेरास्ववियुको संगठन विस्तार गर्ने क्रममा नगरस्तरीय संगठनहरू बनाइरहेको विद्यार्थी नेताहरुले बताए ।
३० र ३१ भदौमा मधेश प्रदेशको अधिवेशन गर्ने कार्यातालिका अनुसार ८ वटै जिल्लामा विद्यार्थी संगठनहरू बनाइरहेको अनेरास्ववियु मधेश प्रदेशका सहसंयोजक आरपी यादवले बताए ।
यसैक्रममा महोत्तरीको बर्दिबासमा पनि साेमबार नगरस्तरीय अनेरास्ववियुको प्रथम अधिवेशन सम्पन्न भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिबासमा अध्ययनरत छात्रा सदीक्षा पोखरेलको नेतृत्वमा २१ सदस्य निर्वाचित गरिएको एमाले नगर कमिटी अध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिए ।
नगर क्षेत्रमा बेथिति शिक्षामा बेथिति बढिरहेको हुनाले यसलाई निर्मूल बनाउन संगठित भएर लाग्ने उद्देश्यले अनेरास्ववियु नै रोजेको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताइन् । उपाध्यक्षमा रोहानी महतो, सचिवमा सरोज यादव, सहसचिवमा रेजिना कटुवाल, अमन पुलामी, कोषाध्यक्षमा शिशिर पोखरेल र वाकीलाई सदस्यमा नियुक्त गरिएको नगर अध्यक्ष स्याङ्वाले जानकारी दिए ।

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ

हत्या आराेपमा एकजना पक्राउ

धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

शोर्य सिमेन्टका कारण एक वर्षमा सक्ने ठेक्का पाएको पुल चार वर्षमा बनेन

एयर गनसहित एकजना पक्राउ

प्रतिक्रिया