इटहरीमा अब निशुल्क शव वहान र एम्बुलेन्स सेवा

इटहरी / इटहरीमा आज देखि निशुल्क शव वहान र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीको जनतालाई निशुल्क रुपमा सेवा दिने उदेश्यले इटहरी क्षेत्र भर निशुल्क रुपमा सेवा विस्तार गरिने भको छ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।
इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घर देखि घाट सम्म शव वहान र घर देखि इटहरी अस्पताल सम्म निशुल्क संयुक्त रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ । नगर प्रमुख पौडेलले आफु निर्वाचित भए देखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउदै एक बर्ष भित्रमा इटहरी अस्पतालमा ब्यापक सुधार हुने बताए ।
मेरो उदेश्य इटहरीको जनता उपचारको लागि धरान इटहरी जानु नपरोस भन्ने हो प्रमुख पौडेलले भने पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव सुरु भएको कारण जनतालाई निशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेका हौ नगर प्रमुख पौडेलले भने । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको सुबिधा भए सँगै बिरामीको संख्या बढ्दै गएको छ ।

इटहरी क्षेत्रका विद्यालयमा पकाएरै खुवाउनुपर्ने , मासु सहितको मिन्यु सार्वजनिक
रुपेश्वर शिव पाञ्चायन मन्दिरका दातालाई सम्मान

मेयर साम्पाङकाे अराजकता : प्रश्न सोधेकै भरमा अशोक लिम्बुलाई प्रहरी लगाएर थुने

पूर्वेली क्लबको प्रथम वार्षिकोत्सव , आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण

भोलि देखि इटहरीको मुख्य राजमार्गमा सिटी सफारी चल्न नदिने

बगरकोटमा सेकुवा कर्नर र होटेल अनुगमन ,सरसफाइमा उत्कृष्ट एमएच , अन्यमा भेटिए …
अशक्तहरूकाे घर घर पुगेर भत्ता कार्ड नवीकरण गर्दै इटहरी ६ नं वडा कार्यालय

प्रतिक्रिया