नेपाल र म्यान्मार बिचमा फुटबल प्रतिस्पर्धा हुदैँ
काठमाडौँ । नेपाल र म्यान्मार बिचमा फुटबल प्रतिस्पर्धा हुदैँछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा हुदैँछ । सो खेल नेपाली समय अनुसार ४ः१५ बजेवाट सुरु हुनेछ ।
गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यान्मारले पाहुना टिमलाई दबाबमा राखेको थियो । फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ । पछिल्लो वरीयतामा एसियाका शीर्ष २६ स्थानमा पर्न असफल भएपछि नेपाल र म्यान्मार विश्वकप छनोटको पहिलो चरणमै मैदानमा ओर्लनुपर्ने स्थिति आएको हो । यसपछि म्यान्मारले छनोटमा मकाउविरुद्ध खेल्दै छ भने नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । छनोटका प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।

मंगोलिया बिरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम

माल्दिभ्समाथि नेपालको सानदार जित

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

प्रतिक्रिया